
नेकपाका युवा नेता मनोज चौधरीले पार्टी विधि र प्रक्रिया बाट चल्नु पर्नेमा जोड दिनु भएको छ ।
नेकपा भित्र देखा परेको विवाद तर्फ लक्षित गर्दै चौधरी ले पार्टी भित्रको बिबाद पदको लागि नभई पार्टी भित्र देखा परेको भद्रगोल लाई व्यवस्थित गर्दै विधि प्रक्रिया बाट चलाउने तर्फ केन्द्रित रहेको दाबी गर्नु भयो ।
वहाँले पार्टी भित्रको विवादलाई विभन्न कोणले दृष्टिगत गरिए पनि विगत बाटै उठदै आएको एक व्यक्ति एक पदको अवधारणा अझै पनि लागू नभएको ले कोई पदै पद ले मतिएको छ भने कोई कुनै जिम्मेवारी नपाई भूमिका विहिन रहेको छ , बिबाद यसैको उपज हो ।
साथै नेता चौधरीले पार्टीका वरिष्ठ नेता एवम पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल ले पार्टी भित्र देखिएका इनै बेथितीहरु लाई समाधान गर्न पहल गर्दा उनी माथि पदलुलुप्त को आक्षेप लगाउनेहरू ले उनको विगतलाई नमसझिएकोमा आक्रोश समेत पोख्नु भयो ।
उनले विगतमा पार्टीले हर बेहोरे पछि बिना कसैले औंला उठाउँदै माधव कुमार नेपालले नैतिकताको आधारमा स्वयम ले राजीनामा दिएको उनको इतिहास अझै पनि ताजा रहेको ले नेपाल ले पार्टी भित्र उठाएको विधि प्रक्रियाको कुरा पूर्णत औचित्यपूर्ण रहेको ले हामी जस्ता बहुसंख्यक कार्यकर्ता उनी संग रहेको जिकिर गरे ।




