पिकलेन्स चौथो वर्षमा प्रवेश

बिरगंजबाट संचालन पिकलेन्स नामको फोटोग्राफिक संस्थाको आज चौथो वर्षमा प्रबेश गरेको अवसरमा सहयोग कार्यक्रमको आयोजन गरेको छ । यस संस्थाले आफनो ३ वर्ष सफल गरेर चौथोमा प्रवेश गरको अवसरमा नारायणी अस्पताल लाई राहत सामग्री सहयोग गरेको छ |

पिकलेन्स कम्पनी को संस्थापक सौरभ अग्रवालको सभापतिमा आयोजना भएको राहत सामग्री हस्तान्तरण कार्यक्रममा किरण शर्मा को प्रमुख अतिथित्व रहेको थियो ।

पिकलेन्सका संस्थापक समेत रहेका सौरभ अग्रवालले नारायणी अस्पताललाई ८० थान तकिया र १५ थान चटाई सहयोग बापत हस्तान्तरण गरेका छन । पिकलेन्सका संस्थापक सौरभ अग्रवालका बुबा संजय अग्रवाल र आमा प्रीति अग्रवालले छोराले आफ्नै ठाउँमा बसेर गरीरहेको कामको सह्राना गर्दै शुभकामना दिए ।

आज भएको उक्त कार्यक्रममा नारायणी अस्पताल विकास समितिका सदस्यद्वय किरण शर्मा, रमेश प्रसाद चौधरी, नारायणी अस्पतालकी प्रमुख नर्सिङ् प्रशासक साबित्री कुमारी पौडेल, नर्सिङ् प्रशासक श्रुती साह, ओसिएमसीकी प्रमुख हेमा थापा, मनिषा कलवार, सुनिल रौनियार लगायत को उपस्थिति रहेको थियो ।

कार्यक्रमको संचालन allied youth society का अध्यक्ष ओम कुमार झाले गर्नुभएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close