
राहुल गुप्ता
पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त यादव बिदाको दिनमा पनि जनताको सेवाको लागि घरदैलो गर्दै हिडेका छन। उनले आफु जनता, सुशासन र विकासको पक्षमा काम गर्दै आएको बताए । यस गाउँपालिकाका जनताको आवश्यकतालाई सम्बोधन गर्दै जाने प्रतिबद्धता व्यक्त गरे ।
त्यस्तै उनले यस गाउँपालिकाका जनताले आफू लाई पाच वर्ष सेवा गर्न का लागि मोका दिएको ले यसलाई आफू आत्मसात गर्दै दिनरात काम गरिरहेको बताए। अहिले आफू जगरनाथपुर गाउँपालिकाको सडक,शिक्षा र स्वास्थ प्रती बडि ध्यान दिएको र यसलाइ सुधार गर्न हरसम्भव कामहरु गरिरहेको बताए ।
त्यस्तै आज उनले जगरनाथपुर गाउँपालिकाको वडा न.५ टोल मसिहानीमा यहि बैशाख ६ गते देखि हुन गैइरहेको श्री बिष्णु महायज्ञ मा रु.१५०००००/- पन्द्रह लाख नगद सहयोग गर्ने घोषणा पनि गरेका छन। थप सहयोगका लागि आफू जहिले पनि तयार रहेने उनले बताए ।
अहिले वृद्धवृद्धालाई संरक्षण गर्न र हरेक सुबिधा जस्तै वृद्धभत्ता लगायत अन्य सेवा सुबिधा घर सम्म नै पुर्याउन का लागि काम गरिरहेको जानकारी गताए।त्यस्तै बेरोजगारलाई कसरी रोजगारी र राहत दिने भन्ने बारेमा समेत आफुहरु योजना बनाइ रहेको बताए ।




