स्व गिरिजा प्रसाद कोईरालाको १२ औं स्मृति दिवसको अवसरमा गिरिजा प्रसाद फाण्डेशन पर्साले आज अलौंमा अन्तरक्रिया तथा सम्मान कार्यक्रम(भिडियो सहित )

वीरगंज ७ चैत्र ।
स्व गिरिजा प्रसाद कोईरालाको १२ औं स्मृति दिवसको अवसरमा गिरिजा प्रसाद फाण्डेशन पर्साले आज अलौंमा अन्तरक्रिया तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ ।

नेपाली कांग्रेसका केन्द्रिय सदस्य अजय चौरसिया आफ्नो मन्तव्य राख्दै 

स्मृति दिवसको अवसरमा नेपाली काग्रेंसका पुर्व मन्त्रि तथा केन्द्रिय सदस्य अजय कुमार चौरसियाले स्व गिरिजा प्रसाद कोईरालाको मुल मन्त्र राष्ट्रि सहमति सहकार्य र एकताको खाचो अहिले देखिएको चौरसियाले बताए । गिरिजा बाबु नेपालका मात्र न भई एसिया महाद्विपका नै एक असल र कुसल राज नेता समेत रहेको दाबी गरेका थिए । नेपाल बुलेटको घेरामा परेको बेला राज्यलाई ब्यालेटमा ल्याएर देशलाई निकास दिई राजनितिक स्थाईत्व समेत कायम गरेको उनले बताए ।

नेपाली कांग्रेस पर्सा जिल्ला सभापति जर्नादन सिंह क्षेत्रिले आफ्नो मन्तव्य राख्दै 

मधेशी दलले भ्रष्टाचारको पराकाष्ठा नाघेको मधेशी जनतासंग झुटको खेति मात्र गरेको पर्सा काग्रेसका अध्यक्ष जर्नादन सिं क्षेत्रिले भ्रम र झुटको खेति गर्नेहरुको पछि नलाग्न आग्रह समेत गरेका थिए ।

फाउण्डेशन पर्साले स्मृति दिवसको अवसरमा अलौका ७० जना वृद्ध वृद्धाहरुलाई सम्मान गरेको छ । नेपाली काग्रेस मार्फत देश र जनताका लागि आफनो समाजिक योगदान पुर्याएकोहरुलाई सम्मान गरेको फाउण्डेशन पर्साका अध्यक्ष मोहम्मद सहाबुदिनले बताए ।

फाउण्डेशन पर्साका अध्यक्ष मोहम्मद सहाबुदिनले आफ्नो मन्तव्य राख्दै 

फाउण्डेशन पर्साका अध्यक्ष मोहम्मद सहाबुदिनले गिरिजा प्रसाद कोईरालाको देशमा अहिले खाचो रहेको बताए । देशमा हरेक तह र तपका का नागरिकका लागि राज नेता एवम जन आन्दोलनका कमाण्डर स्व गिरिजा प्रसाद कोईरालाको विचारको नै खाचो रहेको मोहम्मद सहाबुदिनले बताएका थिए ।

नेपाली काग्रेसका क्षेत्रिय सभापति मोहम्मद सहाबुदिनको अध्यक्षतामा रहेको कार्यक्रममा प्रमुख अतिथि नेपाली काग्रेसका केन्द्रिय सदस्य अजय कुमार चौरसिया विशिष्ठ अतिथि ने.का का जिल्ला सभापति जनार्दन सिहं क्षेत्रि,उप सभापति द्वय राम नारायण प्रसाद कुर्मी ,अशोक कुमार गुप्ता,सचिव दिनेश चौधरी,महाधिवेशन प्रतिनिधि ओमकृष्ण लामिछाने,दिना प्रसाद गुप्ता,नरेन्द्र साह,प्रकाश उपाध्याय ,मिंटूदेवी सिंह,किरण सरकार,ज़िल्ला सदस्य प्रेमचंद्र प्रसाद कुशवाहा पुरुषोत्तम दुबे,क्षेत्रीय सचिव रंजित पटेल,वीरगंज महानगर उप सभापति सर्जुग महतो,नेपाली काग्रेसका युवा नेता कंचन झा,,संजय गुप्ता,चंदन सहनी,फ़ाउंडेशनका सचिब धीरज गुप्ता,कोषाध्यक्ष मनोहर साह, सदस्य जितेंद्र सिंह,यूथ कांग्रेस नेपालका मधेस प्रदेश सदस्य राहुल कुमार गुप्ता लगायतका नेता तथा कार्यक्रताको उपस्थिति रहेको थियो । कार्यक्रमको उद्धघोषण हरिनारायण प्रसाद यादवले गरेका थिए भने स्वागत मन्तव्य दिलिपराज कार्कीले गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close