राष्ट्रिय सभा सदस्य निर्वाचनमा पुर्व केन्द्रिय सदस्य तथा सभासद राधेचन्द्र यादवको नाम सिफारिस

राहुल गुप्ता 

वीरगंज, पर्सा

नेपाली कांग्रेस जिल्ला कार्य समिति बाराको बैठक सम्पन्न भएको छ।

नेपाली कांग्रेस जिल्ला कार्य समिति पदाधिकारी, सदस्यहरू,र प्रतिनिधिसभा क्षेत्रिय सभापतिहरुको बैठक २०८० साल पुस १० गते मंगलवारको दिन जिल्ला पार्टी कार्यलय बि.पि.भवन कलैयामा पार्टी का सभापति राजेश राय यादवको सभापतित्वमा सम्पन्न भएको हो।

उक्त बैठकको निर्णय बाट २०८० साल माघ ११ गते सम्पन्न हुने राष्ट्रिय सभा निर्बाचनमा बारा जिल्ला बाट नेपाली कांग्रेस जिल्ला कार्य समिति बाराको तर्फबाट राष्ट्रिय सभा सदस्य पदको उम्मेदवारमा नेपाली कांग्रेस पुर्ब केन्द्रिय सदस्य तथा सभासद राधेचन्द्र यादवको नाम सिफारिस गरिएको नेपाली कांग्रेस जिल्ला कार्य समिति बाराका कार्यवाहक सचिव अम्बिका यादव द्वारा जारि प्रेस विज्ञप्तीमा उल्लेख छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close