
बारा जिल्लाको कलैया वडा नं १८ मा रहेको नेपाल ईस्लामिक एकडेमी को बिवाद लाई लिएर आज दाता कर्ता करमुल्लाह मंसुर ले नेपाल पत्रकार महासंघ पर्सामा पत्रकार समेलन गराएका छन । कुबेतको शिक्षा मन्त्रालय अन्तरगर रहेर शिक्षण पेशा मा लगेका उनी राम्रो आम्दानी गर्ने गरेका थिए । आफ्नो देश र आफ्नो गाउँ घर का लागि पनि केही गर्नु पर्छ भनेर उनले आफ्नो बुवा को नाम बाट एक बिघा जग्गामा नेपाल ईस्लामिक एकडेमी स्कुलको स्थापना गराएका थिए । उक्त स्कुल मा उनले दाता को रुपमा ३० कोठा र एउटा मस्जिद पनि बनाउन लगाएका थिए । मुस्लिम महिलाहरु लाई आफ्नै गाउँ घर मा धार्मिक शिक्षा को संगसगै अङ्ग्रेजी शिक्षा को विकाश का लागि उक्त स्कुल को स्थापना गराएका थिए ।
अहिले विभिन्न षड्यन्त्र मार्फत आफुलाइ फसाउने काम भएको उनले बताएका छन । बुवाको नाम मा रहेको उक्त एकडेमी लाई लिएर उनका आफन्त ले फसाउन खोजेको उनले बताएका छन । नेपाल इस्लामीक एकडेमी नियमित रुपमा संचालन गराउन उदेश्य ले आफुले सुपर इट्टाको स्थापना गरेको र उक्त ब्यवसाय बाट केही हिसा एकडेमी को विकासको लागि खर्छ गर्दै आएको बताए । इट्ट भट्टा संचालन का लागि लक्ष्मी बैक मार्फत विभिन्न मिति मा रु ७० लाख र ५० लाख ऋण लिएको र समय समय मा ब्यात पनि तिर्दै आएको थिए । तर कोभिड को समय मा र मौसम को कारण इट्टा भट्टी संचालन मा कठिनाइ आएको थियो ।
त्यस्तै आफू केही समय का लागि पुर्ण विदेशमा भएको मोका छोपी मेरो बुवा लाइ ललाइ फकाइ मेरो भाइ ले षडयन्त्र गरि नेपाल ईस्लामिक एकडेमी लाई लिलाम गराउन भुमिका खेलेको बताए । आफ्नो नाम मा रहेको इट्टा भट्टि को चेक षडयन्त्र गरि विभिन्न मितिमा रु २ करोड जत्तिको चेक अरुलाइ दिएको बताए । यस कारण आफुलाइ जेल समेत जानू परेको उनको आरोप रहेको छ ।
त्यस्तै उनले पत्रकार समेलन मै विभिन्न मागहरु पनि गरेका छन । उनको मागहरु मा सत्य तत्थ जाँच पड्ताल र निरपेक्ष छानबिन हुनु पर्ने बताएका छन । मस्जिद र नेपाल ईस्लामिक एकडेमी भएको ठाउअको सरजमीन बुझ्नु पार्यो । उक्त भवन मा र जग्गामा तत्काल निषेधाज्ञा लगाउनु पर्ने । षडयन्त्रकारीहरु लाई झिकाइ कडा भन्दा कडा दण्ड को सजाए हुनु पर्ने । मस्जिद र नेपाल ईस्लामिक एकडेमी उक्त संस्थाको नाममा जग्गा भवनसहित रजिष्ट्रसन हुनु पने ।




