
राहुल गुप्ता
यूनिसेफको सहयोग र SODCC को आयोजनामा आज किशोरकिशोरीहरुलाई सशक्त बनाउने PEER LEADER TRAINING को आयोजना भएको छ । सो कार्यक्रममा बालबिवाहलाई संबोधन गर्न र किशोरकिशोरीहरु लाई सशक्त बनाउन PEER LEADER TRAINING रूपांतरण प्याकेज ५ दिने तालीम को आयोजना भएको छ । उक्त आयोजना फेटा वडा न 3 स्थित श्री नेपाल राष्ट्रीय माध्यमिक बिधालय फेटामा सम्पन भएको छ । यो तालिममा ६ वटा स्कूलको किशोर किशोरीहरुको सहभागीता रहेको थियो।
कार्यक्रम बारे बताउदै जुहि मेहताका अनुसार बाल विवाहलाई सम्बोधन गर्न किशोर किशोरीहरुलाई सशक्त बनाउने उदेश्यले अभिमुखकरण तथा समन्वय गर्न सो कार्यक्रमको आयोजना भएको बताएकी छिन । SODCC पर्साको आयोजनामा गरिएको अभिमुखीकरण कार्यक्रममा सरोकारवालाहरुले बाल विवाह रोकथाम गर्न हरेक उपाय अपनाउने कुरामा जोड दिएको मेहताले बताइन् ।
मधेश प्रदेशमा अहिले पनि बाल विवाह रोकथाम हुन नसकेको र बाल विवाहले समाजमा अनेकौं घटनाहरू दिनानुदिन बढ्दै गइरहेकोमा सबैको धयानाकर्षण भएको छ । यसमा स्थानीय सरकार देखि लिएर सबै पछले चिन्ता व्यक्त गरेका छन । कार्यक्रममा नेपाल प्रहरी, सामाजिक व्यक्ति, सामाजिक संघ संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, कानुन निकायका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो । सबैले बाल विवाहको वर्तमान अवस्थाको बारेमा आ – आफ्ना अनुभवहरू सुनाएका थिए ।




