राजा राजसंस्था हिन्दुअधिराज्यको समर्थनमा वीरगंजमा र्याली

राजा राजसंस्था हिन्दुअधिराज्यको समर्थनमा वीरगंजमा र्याली

राजा राजसंस्था हिन्दुअधिराज्यको समर्थनमा वीरगंजमा र्याली निकालिएको छ। नेपाल राष्ट्रबाद संघ केन्द्रिय कार्यलय वीरगंज पर्सा द्वारा वीरगंज को घण्टाघर चोकबाट  निसकेको र्याली बाजागाजा सहित, हिन्दु राष्ट्र कायम गर,राजा राजसंस्था हिन्दुअधिराज्यको समथापना गर, गणतन्त्र मुर्दाबाद, धर्मनिरपेक्ष खारेज गर, इत्यादि राजाको पंक्षमा नारा लगाउदै घणटाघर हुदै माइथान अलखियामठ़ हुदै घडिअरवापोखरी हुदै घण्टाघर मा आएर कोणसभामा परिणत भएकोथियो।

कोण सभालाई सम्बोधन गर्दै नेपाल राष्ट्रबाद संघ का केन्द्रिय अध्यक्ष जनकलाल शाह ले यो देश कुनै पार्टी नेता ले चलाउन सक्दैन त्यो मात्र राजा ले चलाउन सक्नुहुन्छ भनि आफनो भनाइ राखनु भएका थिए भने कुनै पनि पार्टी संगठन ले   राजसंस्था र हिन्दु राष्ट्र को लागि गरिने कार्यक्रम मा  आ आफ्नो सहभागिता जनाउन को लागि आग्रह समेत गरेका थिए।

त्यसै क्रममा नेपाल राष्ट्रबाद संघ पर्सा का जिल्ला अध्यक्ष संगिता देवी शाह ले भने यो देश मा नेतातन्त्र भएको ले जन्तालाइ सास्ती भएको ले राजसंस्था को आवश्यकता रहेको बताएकी थिइन। त्यसै क्रममा विश्व हिन्दु महासंघ का केन्द्रिय सदस्य पृथ्वी झा ले यो देश मा राजतन्त्रको आवश्यकता रहेको बताए।

उत्क कार्यक्रम र्यालीमा बिसनु दास, बिरेन्द्र साह तेली, बजरंगी साह, शिवसंकर साह, सन्तोष गुप्ता,छठु साह कानु,पवन प्रसाद साह, राजेश चौहान,चुलाइ मिया चुरिहार,लगायतका ब्यत्किहरुको सहभागिता रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close