
पर्साकाे जगरनाथपुर गाँउपालिकन वडा नम्बर ५ धरमपुरमा वडा कार्यालय भवनकाे शिलान्यास गरिएको छ।पूर्वमन्त्री तथा पर्सा क्षेत्र नम्बर ४ का सांसद रमेश रिजालले शुक्रबार वडा कार्यालय भवनकाे शिलान्यास गरेका हुन् ।

८० लाख रुपैयाँ लागतमा वडा कार्यालयकाे दुई तल्ल भवन निर्माण गर्न लागिएको गाँउपालिकाका प्रमुख कृष्ण नन्दन रायले बताए।उनका अनुसार वडा कार्यालय भवन निर्माणका लागि गाँउपालिकाले ३२ लाख र संघीय सरकारबाट ४८ लाख रुपैयाँ प्राप्त भएकाे छ।दुई तल्ले भवनकाे भुईं तल्लामा चार वटा काेठा र पहिलाे तल्लामा दुई वटा काेठा र एउटा सभाकक्ष रहनेछ।
वडा नम्बर ५ काे वडा कार्यालय विगत ७ बर्षदेखि निजी व्याक्तिकाे घरमा बिना भाडा सञ्चालन हुदै आएकाेमा अब आफ्नै भवन निर्माण गरी सञ्चालनमा आएपछि सेवा प्रवाह र दैनिक प्रशासनिक कार्यमा सहज हुने वडाध्यक्ष बिहारी महताे नुनियाले बताए।
पूर्वमन्त्री रिजालकाे प्रमुख आतिथ्यतामा भएकाे शिलान्यास कार्यक्रममा गाँउपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादव,उपाध्यक्ष बबिता सिंह क्षेत्री,प्रमुख प्रशासकीय अधिकृत कृष्ण नन्दन राय,वडाध्यक्ष बिहारी महताे नुनिया,कांग्रेस नेता प्रेम थापा,मुस्लिम मियाँ लगायतकोपनि उपस्थिति रहेको थियाे।




