कलैया उपमहानगरपालिकाले ल्यायो १ अर्ब ५१ करोडको ९१ लाख बजेट

कलैया उपमहानगरपालिकाले ल्यायो १ अर्ब ५१ करोडको ९१ लाख बजेट

राहुल गुप्ता 

बाराको कलैया उपमहानगरपालिकाले अगामी आर्थिक वर्ष २०८१/८२ को लागि १ अर्ब ५१ करोड ९१ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ।

सोमबारका दिन “शैक्षिक प्रशासनिक पर्यटकिय शहर स्वच्छ समुन्नत कलैया नगर कृषि र पुर्वाधार समृद्ध कलैयाको आधार” नारा सहित कलैया उपमहानगरपालिकाका उप मेयर रौषन प्रविणले १३ औ वर्ष कलैयाको आव २०८१/०८२ को लागि १ अर्ब ५१ करोड ९१ लाख ३३ हजारको बजेट प्रस्तुत गरेकी छन ।

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै नगर प्रमुख बिनोद साहले कलैयाको बिकासकालागी कसैको प्रभाव वा दबाबमा कलैया उपमहानगरपालिका पछि नहट्ने बताएका छन । यसका लागि नगर बासिले समेत साथ दिइरहेको बताएका छन । कलैया बजारको कायापलट भैरहेको र यसमा सारा नगरबासी आफ्नो साथमा देखिएको बताएका छन । सो अवसरमा नगर प्रमुख बिनोद साहले चैत्र मसान्त भित्रै मानवत मटिअर्वा को बाटो सम्पन्न हुने बताएका छन ।

त्यस्तै कलैया उपमहानगरका प्रमुख प्रशासकिय अधिकृत सचिव नाथु साहले हालको आर्थिक मन्दिका बेला पनि सबैले बिचार गरि बजेट ल्याएको बारे कुरा गर्दै कलैयाको विकासका लागि आफू सम्पुर्ण जनप्रतिनिधि संगको समन्वयमा काम गरेको बताए । कलैयको जनता र जनप्रतिनिधिको सहयोगमा कलैया को स्वास्थ , शिक्षा , पुर्वधारको विकास लाई आफुले अगाडि बढाएको बताए ।

आज भएको नीति तथा बजेट कार्यक्रममा पालिका उत्कृष्ट कर्मचारी,करदाता,जग्गादाता तथा उत्कृष्ट शिक्षकहरुलाई नगद र सम्मान पत्र सहित सम्मानित गरिएको थियो भने सो कार्यक्रममा वडा अध्यक्ष , कार्यपालिका सदस्य लगायतको उपस्थिति रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close