राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छिपहरमाई गाउँपालिका कमिटी, पर्साले वृक्षारोपण कार्यक्रम

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छिपहरमाई गाउँपालिका कमिटी, पर्साले वृक्षारोपण कार्यक्रम

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छिपहरमाई गाउँपालिका कमिटी, पर्साले वृक्षारोपण कार्यक्रम गरेको छ ।

गाउँपालिका कमिटीको निर्णय अनुसार शुक्रबार छिपहरमाई – २ स्थित श्री नवगावा माध्यमिक विद्यालय चरगाहा र वार्ड नं. १ का श्री ने.रा आधारभूत विद्यालय देबि स्थान मिर्जापुरमा वृक्षारोपण गरिएको रास्वपा पर्सा क्षेत्र नं. ४ का क्षेत्रीय सभापति जितेन्द्र मिश्रले बताए । वृक्षारोपण कार्यक्रमको औपचारिक सुरुवात क्षेत्रीय सभापति मिश्रले गरेका थिए ।

कार्यक्रममा १५० मलेसियन साखु र २ सय विभिन्न प्रजातीका बिरुवासहित ३५० वटा विरुवा रोपिएको गाउँपालिका सचिव मनबोध यादवले जानकारी दिए ।

यसका साथै, छिपहरमाई गाउँपालिकाको पाँचवटै वडामा विभिन्न प्रजतीको करिब २ हजार बिरुवा लगाउने योजना रहेको गाउँपालिका कमिटीका अध्यक्ष उमेश यादवले बताए ।छिपहरमाईलाई हराभरा राख्न उद्देश्यले वृक्षारोपण कार्यक्रम गरिएको अध्यक्ष यादवले बताए ।

प्रमुख अतिथि क्षेत्रीय सभापति जितेन्द्र मिश्र रहेका वृक्षारोपण कार्यक्रममा रास्वपा गाउँपालिका सदस्य धर्मेन्द्र प्रसाद यादव,बिक्की यादव, राजु प्रसाद यादव , सिउजी साह, प्रधानाध्यापक अमिन मिया, शिक्षक गगनदेव यादव, बिओपी मिर्जापुरका इन्चार्ज प्रहरी निरीक्षक प्रकाश पाण्डेसहित प्रहरी प्रशासन,समाजसेबी लगायत नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close