
राहुल गुप्ता
पर्सा जिल्लाको पटेर्वा गाउपालिकाका अध्यक्ष दिनेश चौधरी तथा उपाध्यक्ष ममता चौधरीले संयुक्त रुपमा पोषणयुक्त खाद्यान्न वितरण गरेका छ।गाउँपलिका भरिका छ महिना भित्रका महिलाहरु लाई सो खाद्यान्न वितरण गरिएको हो।
उक्त गाउँपालिकामा स्थानीय बिकास कार्यक्रम अन्तरगत Action Aid Nepal तथा दिब्य बिकास श्रोत केन्द्र र पालिकाको समन्वयमा ३०० महिलाहरुलाई बितरण गरिएको थियो ।
वितरण गरिएको समानहरुमा होर्लिक्स १ केजि,सुजि १ केजि,दाल १.५० केजि तथा गेडागुडी १.५० केजि रहेको थियो । पोषणयुक्त खानाले सुत्केरी महिलाहरुको स्वास्थ अवस्था थप मजबुत हुनुका साथै जीवन यापन गर्न सजिलो हुने बताइएको थियो ।
आफ्नो प्रतिक्रिया दिनुहोस