पर्यटन दिवसमा वीरगन्ज नाकामा धार्मिक पर्यटकहरुलाई गरियाे स्वागत

पर्यटन दिवसमा वीरगन्ज नाकामा धार्मिक पर्यटकहरुलाई गरियाे स्वागत

पर्यटन दिवसका दिन शुक्रबार वीरगन्ज नाकामा भारतबाट आएका भारतीय पर्यटकहरुलाई स्वागत तथा सम्मान गरिएको छ।वीरगन्जका हाेटल तथा पर्यटन व्यवसायीहरुले नेपालकाे जनकपुरकाे जानकी मन्दिर र काठमाडौंकाे पशुपतिनाथ मन्दिर दर्शनका लागि आएका भारतीय पर्यटकहरुलाई नाकामै पुगेर फुलमाला लगाएर स्वागत गरेका हुन्।

त्यसअवसरमा उनिहरुलाई शुभसाइतका रुपमा दही र जुस खुवाएर काठमाडौं र जनकपुरका लागि विदाईपनि गरिएको हाेटल तथा पर्यटन व्यवसायी संघ वीरगन्जका अध्यक्ष हरि पन्तले जानकारी दिए।साथै उनिहरुलाई काठमाडौं र जनकपुरसम्म पुग्नका लागि सवारि भाडाकाे व्यवस्थापनपनि वीरगन्जका हाेटल तथा पर्यटन व्यवसायीहरुले गरेकाे उनलेे बताए ।

धार्मिक पर्यटनलाई बढाबा दिएर पर्यटन दिवस मनाइएकाे भन्दै अध्यक्ष पन्तले अब राज्यको महत्त्वमा धार्मिक पर्यटनपनि पर्नुपर्ने बताए ।

पशुपतिनाथ,जनकपुर,गढिमाई,मुक्तीनाथ जस्ता पबित्र धार्मिक स्थलहरु नेपालमा प्रशस्त रहेपनि राज्यले त्यस्ता धार्मिक पर्यटकीय स्थलहरुको प्रबर्द्धन र प्रचार प्रसारमा ध्यान दिन नसकेकाे गुनासाे पन्तकाे छ।सम्भावना धेरै भएपनि राज्यकाे उदासीनताका कारण नेपालको धार्मिक पर्यटन ओझेलमा परेको उनले बताए ।

त्यसकारण धार्मिक पर्यटन प्रबर्द्धन र प्रचारप्रसारमा सरकारकाे ध्यान तान्नकै लागिपनि पर्यटन दिवसको अवसर पारेर वीरगन्ज नाकामा आँफुहरुले भारतबाट आएका धार्मिक पर्यटकहरुलाई स्वागत तथा सम्मान गरेकाे अध्यक्ष पन्तले बताए ।

अध्यक्ष पन्तकै अध्यक्षतामा भएकाे स्वागत तथा सम्मान कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहान,पर्सा शाखाका उपाध्यक्ष युवराज खडका,युवा अभियन्ता दिलिपराज कार्की,सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, भन्सारका डिएसपी सुरज रिजाल,होटल तथा पर्यटन व्यवसायी संघका बरिस्ठ उपाध्यक्ष रचेन्द्र थापा , महासचिव माधव बस्नेत,सचिव सन्दीप बस्नेत,संघका सदस्यहरु हिरा श्रेष्ठ,कुबेर कार्की,पर्यटन प्रहरी लगायतकाेपनि सहभागीता थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close