बाँकेको क्वारेन्टिनमा मृत्यु भएका युवकमा देखियो कोरोना संक्रमण

बाँकेको क्वारेन्टिनमा मृत्यु भएका युवकमा देखियो कोरोना संक्रम

बाँकेको क्वारेन्टिनमा आइतबार बिहान मृत्यु भएका २५ वर्षीय युवाको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ।

प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बराल भेरी अस्पतालमा गरिएको परीक्षणमा युवकमा कोरोनाभाइरसको संक्रमण देखिएको सेतोपाटीलाई बताए।

प्रदेश नम्बर पाँचको प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिआइजी रवीन्द्र धानुकले मृतकको रिपोर्ट पोजेटिभ आएको भन्ने खबर आफूलाई दिइएको सेतोपाटीलाई बताए।

‘मलाई रिपोर्ट पोजेटिभ आयो भन्ने खवर दिइएको छ र मैले कानुनी प्रक्रिया पूरा गरी अन्त्येष्टि गर्नु भन्ने निर्देशन मातहतलाई दिएको छु,’ डिआइजी धानुकले भने।

योसँगै नेपालमा कोरोनाबाट दुई जनाको मृत्यु भएको छ। यसअघि गत बिहीबार मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीया महिलामा कोरोनाभाइरसको पुष्टि भएको थियो।setopati

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close