
लोकप्रिय भोजपुरी र मैथली भाषाको लोकगायिका शारदा सिन्हा हाल स्वास्थ्य समस्यासँग जुधिरहेकी छन्।
केही समयअघि पतिलाई गुमाएपछि उनको स्वास्थ्य अवस्था गम्भीर बनेको छ र हाल उनलाई अक्सिजन सहयोगमा राखिएको छ। उनको पुत्र अंशुमन सिन्हाले आमाको स्वास्थ्यबारे फैलिएका अफवाहलाई खण्डन गरेका छन्।
अंशुमनले सबैलाई गलत जानकारी नफैलाउन अनुरोध गर्दै शारदा सिन्हा छिट्टै स्वस्थ होस् भनी भगवानसँग प्रार्थना गर्न अपील गरेका छन्। धेरै प्रशंसकहरूले पनि सामाजिक सञ्जालमा शुभेच्छा व्यक्त गर्दै उनको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।
आफ्नो प्रतिक्रिया दिनुहोस




