बारामा गुणस्तरहीन खाने तेलको बिगबिगी ,सम्बन्धित निकाय माैन 

मनाेज शाह जितपुर बारा कार्तिक २४ गते

स्वास्थ जनशक्तिको बिकास गर्न गुणस्तरीय खाध पदार्थ आवश्यक हुन्छ । नेपाल सरकारले गुणस्तरीय  खाधान्न उत्पादनमा जाेड दिएको छ ।खाध पदार्थमा  स्वाछताः हामी सबैकाे प्रतिबद्धता ,, मुल नारा रहेको खाध  प्रबिधि तथा गुण नियन्त्रण बिभागले पनि स्वाच्छ तथा स्वास्थ खाध पदार्थमा जाेड दिएको छ ।

मानव पुँजी नै राष्ट्रिय  बिकास र समृद्धकाे संवाहक हुनाले  राज्यले  जनस्वास्थ्यमा बिशेष ध्यान दिनु पर्छ । खाध पदार्थको गुणस्तरीयता  कायम गर्न बारीदेखि थालीसम्म बिशेष ध्यान दिनु पर्छ ।खाध पदार्थ बिभिन्न चरण जस्तै – उत्पादन प्रशाेधन , भण्डार र  बिवतरणपछि मात्र उपभोक्ताकाे भान्सासम्म आईपुग्छ । यिनै  चरण पार गर्दा बिभिन्न किसिमका भाैतिक , रासायनिक र जैविक बस्तुले खाध पदार्थलाई  दुषित बनाउँछन् ।यस्ता अखाध बस्तु   मिसिएका खाधान्न न्युन गुणस्तरका  हुन्छन् र यस्ता खानेकुराको सेवन गर्दा  स्वास्थ जिवनका लागि आवश्यक पर्ने  पाेषक तत्व प्राप्त गर्नुकाे सट्टा  मानव स्वास्थ्यमा प्रतिकुल असर पर्छ ।

नियमनकारी निकायले जारी गरेको मार्ग निर्देशिकाले निर्दिष्ट गरेको प्रक्रिया अनुसार खाधान्न उत्पादन तथा बितरण  गरिनुपर्छ  तर बारा जिल्लाकाे  एक उधाेगले गुणस्तरहीन  खाध तेल उत्पादन र बिक्री बितरण गरिरहेकाे छ ।

बारा जिल्लाकाे अाैधाेगिका नगरी जितपुरसिमरा उपमहानगरपालिका वडा ९ छातपिपरामा रहेको आरती  भेजिटेबल प्रा,लि ले गुणस्तरहीन साेयाबिन तेल उत्पादन गरि रहेको  छ । दशै , तिहार तथा टठ पर्वजस्ताे चाडपर्वमा धेरै खपत हुने माैका छाेपी आरती भेजिटेबल प्रा,लि ले  फार्चुन रिफाईन्ड साेयाबिन तेल बजार बिक्री गरिरहेकाेे  पाईएकाे छ ।उत्पादन मिति २०७७ भाद्र ३०  लेखिएको तेलका प्याकेटमा अखाद्य कालाे बस्तु तेलमा भेटिन थालेपछि उपभोक्ताहरुकाे  स्वनस्थ्यसंग  खेलवाड गरिरहेकाे पुष्टि भएको छ ।

छिमेकी देश भारतीकाे  प्रख्यात अदानी बिलमर लिमिटेडकाे प्राबिधिक सहयोग तथा  ब्राण्ड  मताधिकार प्रयोग गरि फार्चुन रिफाइन्ड साेयाबिन तेल उत्पादन  गरिए पनि तेलमा मानव स्वास्थ्यमा   नकारात्मक  असर पार्ने  हानिकारकण भेटिएकाेले  भारतीय  प्रबिधिमा पनि शङ्का उत्पन्न भएको छ । बारा जिल्लाकाे  जितपुरमा तेलका अधिकृत थाेक बिक्रेता  रीया सप्लायर्सले बजारमा न्युन गुणस्तरका  अखाद्य बस्तु मिसावट रहेको तेल बिक्री बितरण गरिरहेकाे छ ।

नेपाल गुणस्तर तथा नापतौल बिभाग ,खाध प्रबिधि तथा गुण नियन्त्रण बिभाग , उधाेग ,वाणिज्य तथा आपूर्ति मन्त्रालय जस्ता सम्बन्धित  निकायले आफ्नो  कार्य राम्रोसँग इमान्दारीपुर्वका नगरिरहेकाेले साेझा जनताहरुले  सास्ती  खेपिरहेकाे  जनता समाजबादी पार्टीका क्षेत्र नम्बर ४ ( क) का सयाेजक  घनश्याम गिरीले बताए ।

खाध  पदार्थको गुणस्तरीयता  परिक्षण गर्ने  निकायहरु  माैन  बसिदिंदा , पर्याप्त  परिक्षण  तथा  अनुगमन नगर्दा खाध पदार्थ उत्पादकले पनि सरकारी  मापदण्डअनुसार  पुर्वधार बिकास गर्न आल्टाल गर्ने  गरेको छ । हुन त नियमकारी निकायले समय – समयमा  अनुगमन गरेका समाचार बिभिन्न सञ्चार माध्यममा  आइरहे पनि  खाधान्नकाे गुणस्तरीयमा  आशातीत सुधार आउन सकेको छैन ।

मानव  स्वास्थ्यसँग  प्रत्यक्ष  असर गर्ने आरती  भेजिटेबल प्रा, लि  द्वाराा  उत्पादित फार्चुन रिफाइन्ड  साेयाेबिन तेल प्रयोग नगर्न  नगरानउ  नेकपाका बारा जिल्ला सदस्य ईश्वर ढकाल ले  सम्पूर्ण जनतासँग अपील गरेका छन् र यस किसिमका  उत्पादन तथा बिक्री बितरण गर्ने उपर प्रचलित कानुनबमोजिम दण्ड – सजाय  हुनुपर्ने माग गरेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close