वीरगन्ज महानगरपालिका वडा नं १० द्वारा क्रिकेटर आरिफ शेख र आशिफ शेखलाई नगद सहित सम्मान

नेपालको क्रिकेट इतिहासमा सबभन्दा बढी लिकप्रिय खेल नेपाल प्रिमियर लिग (एनपीएल) प्रतियोगितामा जनकपुर बोल्ट्सलाई विजेता बनाउने कप्तान आशिफ शेख र सुदूरपश्चिम रोयल्सलाई उपविजेता बनाउन महत्वपूर्ण भूमिका खेल्ने खेलाडी आरिफ शेख लाई वीरगञ्ज महानगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष सुशील साह कानु ले जनही ५१ हजार नगद सहित प्रशंसा पत्र पत्र द्वारा सम्मान गरिएको छ ।

सम्मान गर्दै वडा अध्यक्ष कानुले वीरगञ्जका प्रतिनिधित्व गर्ने यी दुवै खेलाडीले एनपीएलमा उत्कृष्ट प्रदर्शन गरेर वीरगञ्जको नाम गर्वले उच्च बनाएकाले वडा कार्यलयले सम्मान गरेको बताए । त्यस्तै उनले आगामी दिनमा युवा पुस्तालाई खेलकुदतर्फ आकर्षित गर्न यस्ता खेलाडीहरु प्रेरणाको स्रोत रहेको पनि बताए ।

उनले आशिफ शेख र आरिफ शेख अगामी दिनमा अझ ठूलो सफलता प्राप्त होस् भन्ने शुभकामना दिएको र वीरगञ्जलाई खेलकुदको माध्यमबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चिनाउने प्रयासमा म जहिले पनि साथ दिन तयार रहेको बताएका छन ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close