
नापी कार्यलय पर्सामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग को ध्यान नगएकोले अहिले नापि कार्यलय पर्साका कर्मचारीहरुले सेवाग्राहीसँग खुलेआम घुस रकम लिएर काम गर्ने गरेको समाचार प्राप्त भएको छ। वीरगंज स्थित नापी कार्यालयका कर्मचारीहरुले सेवाग्राहीसँग हालसाबिक,किताकाट, लगायतका काममा नापीका बिचौलिया तथा कर्मचारीहरु आफैँले खुलेआम अतिरिक्त रकम लिने गरेको पाइएको हो।
अमिन,सर्वेक्षकले हालसाबि गर्नको निमित फिल्डमा जानको लागी ३ हजार देखि ५ हजार सम्म लिइ जाने गरेको र किताकाट गर्दा साधारणमा ५००/-देखि १०००/- एक हजार लिने गर्दछन् भने नियम सँग नमिल्ने खालको किताकाटमा ५०००/- हजार देखी लाखौ लाख सम्मको बार्गेनिङ गरेर लेखनदास/बिचौलिया सँग कुरा मिलाए किताकाट गर्ने गर्दछ भनि नापि कार्यलय पर्सामा कार्यरत एक कर्मचारीले नाम नलेख्ने सर्तमा बताएका छन्।
नापी कार्यालयका कर्मचारी र लेखापढी व्यवसायीहरुको सेटिङमा सेवाग्राहीसँग घुस लिएर मात्र कागजी प्रक्रिया अगाडि बढाउने गरेको पीडित सेवाग्राहीहरु बताउँछन्। हाल साबिक गर्नको निमित्त सेवाग्राहीको चाप बढेकाले नापी र मालपोतबाट हुने सबैखालका काम विनाघुस नहुने नाम उल्लेख नगर्ने सर्तमा नापि कार्यलयकै एक कर्मचारीले बताए।
नापि कार्यलय पर्सामा नापि कार्यलय पर्साका नापि अधिकृत दिपक सिंह र नापि अधिकृत राज कुमार विश्वकर्माको सेटिङमा तथा हरेक फाटको अमिन सर्वेक्षकको मिलोमतोमा घुस लिएर कागजि प्रक्रिया अगाडि बढाउने नत्र सेटिङ नमिलेपछि कागजी प्रक्रियामा नमिलेको भनि आलटागरि दुखदिने गरेको समाचार प्राप्त भएकोछ।
एक जना सेवाग्राहीले प्रहार डेली डट कम संग कुरा गर्दै भने नाम नलेखने सर्तमा रामगढवा फाँटमा कार्यरत अमिन कमल नायकको फाटमा हाल साबिकको लागी दिएको फाइल महिनौ बितदा पनि काम नगरी आलटाल गर्दै आएको बताए साथै म भन्दा पछाडी दिएको हाल साबिकको फाइलको पैसाको बार्गेनिङ मिलाई काम गरिदिएको पाइएको छ तर दिनहु म दौडदै दौडदै हारमाने तर उहा कमल नायकले मेरो काम नगरेको प्रहार डेली डट कम संग गुनासो राखे।
प्रत्येक दिन कुन फाटमा कति किताकाट र हाल साबिक भयो त्यो फाट अनतर्गत पर्ने अधिकृत ले गन्ति गरि राखछ र अफिस टाइम सकेपछि अधिकृत फाँटमा गइ अमिन,सर्वेक्षक सँग सेटिङ भएको पैसा माग्न जान्छ वा अमिन सर्वेक्षकले आफै अधिकृत सँग भेटेर पैसा दिएर जान्छन्।
पर्साका अधिकांश भीडभाड हुने अडाहरु मालपोत कार्यालय,नापी कार्यालय, भूमि सुधार दिनहुँ सेवाग्राहीहरु ठगिने गरेको गुनासो आइरहेको हुन्छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको यस तर्फ ध्यान जान जरुरी देखिन्छ।




