
उपत्यका अपराध अनुसन्धान कार्यालयले नायव निरीक्षक राजनबहादुर खड्कालाई वैशाख महिनाको उत्कृष्ट अनुसन्धानकर्ता घोषणा गरेको छ।
उनी काठमाडौँमा हुने सङ्गठित अपराध, अपहरण र गुण्डागर्दी नियन्त्रणमा सक्रिय छन्।
काठमाडौँ । नेपाल प्रहरीका नायव निरीक्षक राजनबहादुर खड्का उत्कृष्ट अनुसन्धानकर्ता घोषित भएका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई वैशाख महिनाको उत्कृष्ट अनुसन्धानकर्ता घोषित गरेको हो ।
अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले उनलाई उत्कृष्ट प्रहरीको रूपमा पुरस्कृत गरेका छन् । प्रहरी नायव निरीक्षक खड्का सङ्गठित अपराध अनुसन्धानमा अब्बल भनेर चिनिएका छन् ।
उनी लामो समयदेखि काठमाडौँमा हुने गरेको सङ्गठित अपराध, अपहरण र गुण्डागर्दी नियन्त्रणमा सक्रिय छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस




