
एकल महिला तथा अतिअशक्त अपाङ्गता भएको व्यक्तिको भत्ता रोकेकोमा डा. डिला संग्रौलाको आपती ।
बिरगंज , जेष्ठ ०७ गते बुधबार ।
बिश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ कोरोना भाईरसको महामारीले सिङ्गै मुलुक गएको झन्डै २ महिना देखि लकडाउनमा भएको बेला सरकारले ६० वर्ष मुनिका एकल महिला तथा अतिअशक्त अपांगता भएका व्यक्तिहरुलाई दिंदै आएको भत्ता रोकेको समाचार सुनेर म स्तब्ध भएकी छु। रोजगार गुमाएका मजदूर, न्यून आय भएका जनसमुदाय, एकल महिला तथा अपांग दाजुभाइ दिदी बहिनीहरुलाई न्यूनतम आर्थिक सहायता दिनु पर्ने हामीले माग गर्दै आएकोमा सरकारको यो कदमको हामी निन्दा गर्दछौं। सामाजिक सुरक्षा ऐन २०७५ को हवाला दिँदै गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आर्थिक वर्ष २०६५/६६ देखि दिइंदै आएको उक्त भत्ता रोक्न दिएको निर्देशन तत्काल फिर्ता गर्न र सामाजिक सुरक्षा नियमावलीमा नियतवस अतिअशक्त अपांगता भएका व्यक्तिलाई छुटाइएको विषयलाई तत्काल सच्याउन पनि म माग गर्दछु । यो विषय मैले प्रतिनिधि सभाको आगामी बैठकमा उठाउने पनि जानकारी गराउन चाहन्छु।
डा. डिला संग्रौला
सदस्य, प्रतिनिधि सभा तथा केन्द्रिय सदस्य, नेपाली कांग्रेस