जसपा नेपाल पर्साद्वारा नागरिकता विधेयकको विरोधमा बिरगंजमा बृहत प्रदर्शन ( भिडियो सहित )

बिरगंज , असार १६ गते मंगलवार ।

जनता समाजवादी पार्टी नेपाल जिल्ला कार्य समिति पर्साको आयोजनामा नेपाल सरकारले जारी गर्ने भनिएको नागरिकता विधेयकको बिरोधमा बिरगंजमा प्रदर्शन गरेको थियो ।

नेपाली पुरुषले भारतिय महिला सङ्ग बिवाह गरे अब ७ बर्ष पछी मात्र नागरिक पाउने प्राबधान मधेस बिरुद्ध रहेको र सदिऔ देखि नेपाल भारतको रोटि बेटिको सम्बन्ध रहेकोले यस सम्बन्धलाई बिगार्न खोजेको आरोप समेत लगाएका थिए ।

केन्द्रिय निर्देशन अनुसार मंगलवार जसपाले स्वमिङ्गपुल आदर्शनगरबाट निकालिएको जुलुस बिरगंज परिक्रमा गरि घन्टाघरमा पुगि कोणसभामा परिणत भएको थियो । सो कार्यक्रममा प्रदेश सभा सदस्य करिना बेगम , बीरगंज महानगरको नगर प्रमुख विजय सरावगी , केन्द्रीय सचिव सुरेन्द्र नाथ तिवारी , सदस्यहरू बाबुलाल यादव , शशिकपूर मियाँ , परमानंद चौधरी , सिपु तिवारी , मिनु ठाकुर , बरकतुल नेसा, प्रतिमा जोशी, पार्टी नेताहरू प्रेमबाबु पटेल, सुन्दर कुर्मी , उपाध्यक्ष मदन प्रसाद यादव ,खैरूद्दीन मियाँ ,रमेश प्रसाद यादव ,मुकेश द्धिवेदी, अनवर हुसैन , अयुब मियाँ , सलाउद्दीन मंसूरी, निरज पाण्डे , महानगर अध्यक्ष लियाकत अली , कोषाध्यक्ष अफरोज आलम, महानगर युवा अध्यक्ष राजु गुप्ता, ओमप्रकाश सरार्फ , युवा सचिव संजीव यादव , बीरगंज महानगर पालिकाका वडा अध्यक्षहरू बैजुलाल स्वर्णकार, संतोष तिवारी , रियाज मियाँ ठकुराई , तुफैल अख्तर युवा नेताहरू आशुतोष चतुर्वेदी ,विष्णु पटेल ,राकेश दुबे ,सौकत अली ,मुकेश वर्णवाल , कर्मठ ठकुरी , सैफ मंसूरी , जियाउल हक , नुर आलम , भुषाल चौरसिया , महसिन रजा ,समीर हवारी , उमेश गुप्ता विधार्थी नेताहरू मधुसूदन चौरसिया , विक्की पटेल,सगिर अली , अफरोज, अंकित मिश्रा, महिला नेतृहरू प्रतिमा सिंह , संगीता दास , रेखा पासवान , लक्ष्मी साह , मिथिलेश सिंह , अमृता झा , लगायतको उपस्थिति रहेको जिल्ला अध्यक्ष राजेशमान सिंहले पर्सा पोस्ट लाई जानकारी गराउनु भयो।

 

 

त्यसैगरी जसपाका अर्का जिल्ला अध्यक्ष रामनरेश यादवको नेतृत्वमा भएको कार्यक्रममा प्रदेश सांसद रमेश पटेल, सिंहासन साह कलवार, जन्नत अंसारी, पार्टीका केन्द्रीय सदस्य पुरुषोत्तम झा, निजामुदीन समानी, जिल्ला नेता सुन्दर कुर्मी, ओम प्रकास सर्राफ, महिला नेतृ मुन्नी श्रीवास्तव, रेखा साह, रम्भा मिश्रा, जिल्ला सचिव तवरेल अहमद लगायतले सम्बोधन गरेका थिए ।

जसपा जिल्ला अध्यक्ष राजेश मान सिंहको अध्यक्षतामा सपन्न कार्यक्रमको सहजीकरण जिल्ला सचिव उमेशलाल सहनीले गर्नु भएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close