पर्साको अलौ नाकामा तस्करी, प्रहरी र व्यापारीको मिलेमतोको आरोप

पर्साको अलौ नाकामा तस्करी, प्रहरी र व्यापारीको मिलेमतोको आरोप

पर्सा जिल्लाको अलौ नाका हाल तस्करीको केन्द्रबिन्दु बनेको आरोप लागेको छ। सिरिसिया प्रहरी चौकीमा खटिएका घुमुवा प्रहरी सुबोध साह र सरोज यादवको संलग्नतामा भारतबाट खाद्यान्न, लत्ता–कपडा, हाडवेयर, इलेक्ट्रोनिक सामग्री, बटर लगायतका वस्तुहरू दैनिक रूपमा अवैध रूपमा भित्रिने गरेको स्थानीय स्रोतले बताएका छन्।

स्रोतका अनुसार, सुरक्षाकर्मीको संरक्षणमा सञ्चालन हुने यो अवैध कारोबारमा स्थानीय व्यापारीहरूको पनि प्रत्यक्ष भूमिका रहेको छ। यसमा बिनय, भिखारी, जयप्रकाश कबाड, ओमप्रकाश बटर, राजेश क्रिम र पेस्ट, दिलीप क्रिम, बैजु किराना, शिव बटर, दुई ग्रुप सुर्ती र राजेश किराना लगायतका व्यापारी सक्रिय रहेको आरोप छ।

भिडियो फुटेजहरूमा ठूलो मात्रामा तस्करीको सामग्री सहजै भित्र्याइँदै गरेको दृश्य देखिन्छ, जसमा प्रहरीको मौन सहमति स्पष्ट देखिन्छ। दैनिक लाखौँ रुपैयाँ बराबरको सामान ओसारपसार भइरहेको यो गतिविधिले राज्य राजस्वमा ठुलो क्षति पुगेको छ भने सुरक्षा संयन्त्रको विश्वसनीयतामा पनि प्रश्न उठाएको छ।

स्थानीय बासिन्दाले घटनाको छानबिन गरी संलग्न प्रहरी र व्यापारीहरूलाई कारबाही गर्न माग गरेका छन्। तर, प्रशासन यसबारे मौन रहिरहे तस्करीको जालो अझ बलियो बन्ने चिन्ता व्यक्त गरिएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close