भारतको महावाणिज्य दूतावास वीरगंज ध्दारा साइकल र्‍याली

वीरगंज, पर्सा

भारतको महावाणिज्य दूतावास वीरगंज ध्दारा साइकल र्‍याली सम्पन्न भएको छ।आजादी का अमृत महोत्सव विशेष सप्ताह अन्तर्गत, भारतीय महावाणिज्य दूतावास द्वारा २५ डिसेम्बर २०२१ मा वीरगंजमा “साइकल र्‍याली” को आयोजना गरिएको थियो।

उक्त र्‍यालीको सूरूवात भारतको महावाणिज्य दूतावास का कन्सुल जनरल नितेश कुमारज द्वारा बिहान ७ बजे झण्डा देखाइ कार्यक्रम को उदघाटन गरेका थिए ।

र्‍यालीमा भारतको महावाणिज्य वाणिज्य दूतावासका सदस्य, स्थानीय जनप्रतिनिधि, जिल्ला प्रशासनका पर्सा का पदाधिकारी, नेपाल प्रहरी, नेपाल एसबिआई बैंक, स्थानीय उद्योग तथा व्यवसायी लगायत पर्सा र बाराको साइक्लिङ क्लब तथा नागरिक समाज गरी करिब ६० जनाको सहभागिता रहेको थियो ।

भारतको महावाणिज्य वाणिज्य दूतावासबाट सुरु भएको र्‍याली भारत–नेपाल सीमामा रहेको एकीकृत चेकपोष्टको मुख्य गेट, घण्टाघर र आदर्शनगर लगायत १६ किलोमिटरको बाटो हुँदै वाणिज्य दूतावासमा पुगी समापन भएको थियो ।

शारिरीक तन्दुरुस्ती, सहनशीलता निर्माण र सहभागीहरुबीच सुस्वास्थ्य प्रवर्द्धनमा जोड दिनुका साथै भारत र नेपालका जनताबीच आत्मीयता अभिवृद्धि गर्ने र दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई मजबुत बनाउने उद्देश्यले र्‍यालीको आयोजना गरिएको भारतको महावाणिज्य दूतावास वीरगंज ले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close