
भारततर्फ गाँजा लैजाँदै गरेका एक पुरुषलाई सशस्त्र प्रहरीले पर्सा जिल्लाबाट नियन्त्रणमा लिएको छ।
वीरगञ्ज महानगरपालिका–१७ अलौस्थित प्रस्तावित सीमा सुरक्षा गुल्म अलौबाट खटिएको सशस्त्र प्रहरी टोलीले चेकजाँचका क्रममा वीरगञ्ज–२६ अठराहा बस्ने ७४ वर्षीय इस्लाम अन्सारीलाई पक्राउ गरेको हो।
सशस्त्र प्रहरी निरीक्षक सुरज कुमार कार्कीको कमाण्डमा खटिएको पाँच जनाको मोबाइल टोलीले नेपालबाट भारततर्फ साइकलमा जाँदै गरेका अन्सारीलाई चेकजाँच गर्दा उनको झोलामा १ किलो ९८५ ग्राम गाँजा फेला परेको सशस्त्र प्रहरी पर्साका एसपी पुरन भट्टले जानकारी दिएका छन्।
फेला परेको गाँजा सहित अन्सारीलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि वडा प्रहरी कार्यालय श्रीपुरमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
आफ्नो प्रतिक्रिया दिनुहोस




