वीरगंज महानगरपालिका कार्यालयको‌ बजार व्यवस्थापन तथा अनुगमन समितिको बैठक सम्पन्न

वीरगंज, पर्सा
वीरगंज महानगरपालिका कार्यालय अन्तर्गत रहेको बजार व्यवस्थापन तथा अनुगमन समितिको बैठक आज सम्पन्न भएको छ। बजार व्यवस्थापन तथा अनुगमन समितिको संयोजक उप-प्रमुख इम्तियाज आलमको संयोजकत्वमा बसेको बैठकमा विभिन्न निकायका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

बैठकमा बजारको सम्पुर्ण पसलमा खाद्यान्न समाग्रीको एक्सपाइरी डेट चेक गरी कार्वाहीको दायरामा ल्याई तथा कार्वाही गर्ने छलफलमा निर्णय गरिएको जानकारी गराइएको छ । अहिले आउन लागेको चाड पर्वको मध्यनजर गर्दै बजार अनुगमन बढाउनु पर्ने सबैको जोड रहेको थियो ।

त्यस्तै बजार व्यवस्थापन तथा अनुगमनका कार्य तिव्र गतिमा बढाउने वीरगंज महानगरपालिका बजार व्यवस्थापन तथा तथा समितिका संयोजक एंव उप-प्रमुख इम्तियाजले दशैंलगायत चाडपर्वका समयमा बजारमा हुने कालोबजारी र न्यून गुणस्तरका सामान बिक्री नियन्त्रण गर्न बजार अनुगमन कार्य तिब्र रुपमा गर्नु पर्ने बताए।

आज भएको बैठक बिरगंज महानगरपालिकाका उप-प्रमुख इम्तियाज आलमको कार्यकक्षमा सम्पन्न भएको थियो । उक्त बैठकमा बिरगंज महानगरपालिकाका प्रशासकिय अधिकृत लक्ष्मी प्रसाद पौडेल,उप-प्रमुखका निजि सचिव रबिनन्दन सिंह,कार्यपालिका सदस्य कन्हैया ठाकुर,नेपाल प्रहरी बिर्ताका निरीक्षक पुष्कर बोगटी,ट्राफिकका निरीक्षक भास्कर खडिवाडा,शसस्त्रका सइ कमलेश पुरी,होटेल ब्यवसाय संघका हरि पन्त ,उद्योग वाणिज्य संघका सुरेश कुमार रुङ्टा,खाद्य अधिकृत विपिन कुमार,अजित भुजेल,पत्रकार राहुल गुप्ताको उपस्थिति रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close