पर्सा–१ मा कांग्रेसका लोकप्रिय उम्मेदवार अनिल रुङटाद्वारा चुनावी अभियानको भव्य सुरुवात

पर्सा–१ मा कांग्रेसका लोकप्रिय उम्मेदवार अनिल रुङटाद्वारा चुनावी अभियानको भव्य सुरुवात

पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका उम्मेदवार अनिल रुङटाले स्थानीय कार्यकर्ता, शुभेच्छुक तथा सर्वसाधारण मतदाताको उल्लेखनीय सहभागिताबीच आफ्नो चुनावी प्रचार अभियान औपचारिक रूपमा सुरु गरेका छन्। जनतामाझ सरल, लोकप्रिय र कर्मठ नेताका रूपमा परिचित रुङटाले वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ र १४ मा प्रत्यक्ष भेटघाट कार्यक्रममार्फत जनसमर्थन जुटाएका हुन्।

कार्यक्रमका क्रममा स्थानीय नेता, समाजसेवी, युवा तथा सर्वसाधारणसँग प्रत्यक्ष संवाद गर्दै रुङटाले क्षेत्रको समग्र विकास, रोजगारी सिर्जना, शिक्षा, स्वास्थ्य र सुशासनलाई आफ्नो प्रमुख एजेन्डा बनाउने स्पष्ट पारे। उनले पर्सा–१ लाई समावेशी विकास, आर्थिक सशक्तीकरण र सुशासनको नमूना निर्वाचन क्षेत्रका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरे।

वडा नम्बर १४ का युवाहरू स्वयं रुङटाको निवासमा पुगेर आफ्नो समर्थन जनाएका थिए। उनीहरूले आगामी निर्वाचनमा दिनरात खटिएर रुङटालाई विजयी गराउने दृढ प्रतिबद्धता व्यक्त गरे। युवाहरूको सक्रिय सहभागिताले अभियानमा थप उत्साह र ऊर्जा थपिएको देखिन्थ्यो।

भेटघाटका क्रममा उम्मेदवार रुङटाले समर्थक तथा मतदातासँग आत्मीय संवाद गर्दै लोकतन्त्रको सुदृढीकरण, संविधानको रक्षा तथा जनताको जीवनस्तर सुधारका लागि नेपाली कांग्रेसको दीर्घकालीन योजना प्रस्तुत गरे। जनताको विश्वास, सहभागिता र सहयोग बिना दिगो विकास सम्भव नहुने उल्लेख गर्दै उनले सबै वर्ग र समुदायलाई साथमा लिएर अघि बढ्ने प्रतिबद्धता जनाए।

कार्यक्रमलाई सम्बोधन गर्दै रुङटाले भने,
“सबै नेपालीको उज्यालो भविष्य र देशको समृद्धिका लागि नेपाली कांग्रेसको तर्फबाट पर्सा–१ मा अघि बढेको छु। जनताको विश्वास, साथ र सहयोगले मात्रै समावेशी, न्यायपूर्ण र दिगो विकास सम्भव हुन्छ।”

स्थानीय कार्यकर्ताहरूले रुङटाको उम्मेदवारीले पर्सा–१ मा नयाँ आशा र ऊर्जा थपिएको प्रतिक्रिया दिएका छन्। उनीहरूले अनुभवी, सरल, इमानदार र जनतासँग नजिक रहने नेताका रूपमा रुङटालाई विजयी गराउन एकजुट भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

नेपाली कांग्रेसका उम्मेदवार अनिल रुङटाले आगामी दिनहरूमा पर्सा–१ का अन्य वडाहरूमा पनि घरदैलो, जनसम्पर्क तथा आमसभाका कार्यक्रमलाई तीव्रता दिने जानकारी दिए।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close