शान्ति सुव्यवस्था सम्बन्धमा स्थानीयवासीहरुको जिज्ञासा, प्रहरी प्रतिको अपेक्षा, कमी कमजोरी तथा प्रहरी सेवा प्रवाहलाइ थप प्रभावकारी बनाउन राय सुझाव सल्लाहा कार्यक्रम सम्पन्न।

खेम राज खनाल बैशाख ५ गोरखा

गोरखा जिल्लाका प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलज्यू, जिल्ला प्रहरी कार्यालय गोरखा का प्रहरी उपरीक्षक शेखर खनालज्यू, उप अनुसन्धान निर्देशक टेकराज तिमिल्सेनाज्यू समेतको टोलीले चुमनुब्री गाउँपालिका स्थित विभिन्न स्थानहरुको भ्रमण गर्नुभई जिल्ला प्रहरी कार्यालय गोरखा मातहत प्रहरी चौकी जगत र प्रहरी चौकी सिर्दिबासको निरीक्षण गर्नु भई कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिनुभयो ।

सोही अवसरमा चुमनुब्री गाउँपालिकाद्वारा आयोजित सोही पालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षज्यूहरु तथा स्थानीय जनताहरु सम्मिलित अन्तरकृया तथा छलफल कार्यक्रममा सहभागी भइ सो क्षेत्रको शान्ति सुव्यवस्था सम्बन्धमा स्थानीयवासीहरुको जिज्ञासा, प्रहरी प्रतिको अपेक्षा, कमी कमजोरी तथा प्रहरी सेवा प्रवाहलाइ थप प्रभावकारी बनाउन राय सुझाव समेत संकलन गरिएको थियो ।केही तस्बिरहरु।जय नेपाल।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close