मधेसीको छोरा पहिलो पटक बने नेपालको प्रधानमन्त्री : को हुन् बालेन शाह ?

मधेसीको छोरा पहिलो पटक बने नेपालको प्रधानमन्त्री : को हुन् बालेन शाह ?

मधेस प्रदेशको महोत्तरी जिल्लाको एकडरा गाँउपालिका वडा नम्बर १ एकडरामा पुख्र्यौली गाँउ भएका बालेन शाह नेपालको ४३ औं प्रधानमन्त्री बनेका छन् ।

काठमाडौंको नरदेवीमा २०४७ साल बैशाख १४ गते जन्मिएका शाहको परिवार हाल भने काठमाडौंको तीनकुने गैह्रहीगाँउमा बस्छ ।

शुक्रबार राष्टपति भवन शीतल निवासमा राष्टपति रामचन्द्र पौडेलबाट प्रधानमन्त्रीको शपथ लिएका बालेन नेपालको ४३ औं प्रधानमन्त्री बनेका हुन् ।

फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा झापा क्षेत्र नम्बर ५ मा रास्वपाबाट उम्मेदवार बनेका बालेनले पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ५० हजार बढी मतान्त्रले पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।

त्यसअघि २०७९ को निर्वाचनमा स्वतन्त्र उम्मेदवार बन्दै बालेन काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएका थिए ।

को हुन् बालेन शाह ?

तथ्य नम्बर १
बालेन शाहको वास्तविक नाम बालेन्द्र शाह हो । आफ्नो म्युजिक करियर अगाडी बढाउँदै गर्दा उनले आफुलाई बालेन नामले चिनाउन सफल भए । पछि मेयरमा उठेपछि पनि उनी बालेन्द्र नामले भन्दा बालेन नामले नै परिचित भए । अहिले काठमाडौँ महानगरपालिकाका मेयर रहेका बालेन अर्थात बालेन्द्र शाह को जन्म १४ वैशाख २०४७ मा काठमाडौंको नरदेवीमा भएको थियो । उनी हाल, तिनकुने, गैर्हीगाउँका स्थायी बासिन्दा हुन् ।

तथ्य नम्बर २
बालेन्द्र शाहका बुबा आयुर्वेदिक डाक्टर थिए् । स्वर्गीय डा. राम नारायण शाह र धुव्रा देवी शाहका सन्तानका रुपमा जन्मिएका बालेन्द्रको पुर्खाली थलो भने मधेश प्रदेशमा रहेको महोत्तरी जिल्ला हो ।

तथ्य नम्बर ३
बालेन्द्र शाहले एसएलसीसम्म काठमाडौं नरदेवीमा रहेको जल्जला स्कूलमा अध्ययन गरेका हुन् । स्कूलपछिको उच्च माध्यमिक तहको पढाई भने उनले काठमाडौं तीनकुनेमा रहेको भिएस निकेतनबाट गरेका हुन् । ह्वाइट हाउस इन्स्टिच्युट अफ टेक्नोलोजीबाट सिभिल इन्जिनियरिङमा स्नातक र भारतको कर्नाटकमा स्थित विश्वेश्वरय्या प्रौद्योगिकी विश्वविद्यालयबाट स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर उनले धेरै समाजसेवाका कामसमेत गरेका छन्।

तथ्य नम्बर ४
२०७२ मा नेपालमा महाभूकम्प गएपछि उनी देशका विभिन्न स्थानमा गएर पुनर्निर्माणको काममासमेत संलग्न भए । उनले आफ्नै नाममा बालेन कन्सल्टिङ र कन्स्टक्सन प्रालि नामक कम्पनीसमेत दर्ता गरेका छन् । र यहि कम्पनीमार्फत उनले विभिन्न कामसमेत गरेका छन् । भूकम्प र कोभिड महामारिका बेला थुप्रै काम गरे पनि कामको नेतृत्व आफैंले नलिई आफ्नो योजना सफल नहुने महसुस गरेपछि उनले काठमाडौँको मेयरमा उम्मेद्वारी दिएका थिए ।

तथ्य नम्बर ५
धेरैलाई थाहा छ बालेन शाह शाह ¥याप ब्याटल गायक हुन् । नेपाली ¥याप ब्याटल दोस्रो लिगका विजेता बालेन लामो समयदेखि संगीतको यो विधामा संलग्न रहँदै आएका छन् । अहिले मेयरका रुपमा उनी जति परिचित छन्, यति नै रुपमा नभए पनि उनी र्याप विधामा कम्ती चर्चाका पात्र भने पक्कै होइनन् । र्याप गायकका रुपमा उनका देशविदेशमासमेत थुप्रै फ्यान छन् । सानैदेखि उनको रुचि सङ्गीत र कवितामा थियो। उनले आफ्नो पहिलो गीत ूसडक बालकू सन् २०१२ मा गाएका थिए र यो गीत उनले कक्षा ९ मा हुँदा लेखेका थिए।

तथ्य नम्बर ७
बालेन शाहले देशको राजनीति ठिक नभएको र यसलाई युवाले परिवर्तन गर्नुपर्छ भनेर २०७४ को स्थानीय तहकै निर्वाचनका समयमा प्रतिष्पर्धा गर्ने सोच बनाएका थिए । उनी त्यतिबेला मात्र २७ बर्षका थिए । तर निर्वाचनमा प्रतिस्पर्धा गर्ने विचार गरे पनि विवेकशील र साझा पार्टीका स्वतन्त्र उम्मेदवारले आशा जगाएका कारण उनी पछि हटेका थिए । शाहले स्थानीय तह निर्वाचन, २०७४मा मतदान गरेनन् र उनले वि।सं। २०७४ वैशाख ३१ गते फेसबुकमा लेखेका थिए ‘मैले आज भोट गरिनँ। म उम्मेदवार थिइनँ। मैले सिभिल इन्जिनियरिङमा स्नातक गरेँ, म स्ट्रक्चरल इन्जिनियरिङको मास्टर्सको आधा बाटोमा छुँ। मलाई देश बनाउन आउँछ। म अर्को पटक भोट गर्छु, र आफैँलाई भोट दिन्छु। म मेरो देशको विकास गर्छु। मलाई अरू कसैको भर लाग्दैन।’ र उनले जे भनेका थिए अहिले त्यहि गरिरहेका छन्।

तथ्य नम्बर ८
बालेन्द्र खानदानी परिवारकै मान्छे हुन् । त्यहि कारण पनि अहिले उनी माफियाको घुस अफरमा अलमलिएका छैनन् । उनको काठमाडौँमै घर छ । २५ बर्षको उमेरमै आफ्नै कमाईले आफ्नै गाडी चढेका बालेनको पुख्र्यौली सम्पत्ति नै करोडौंको छ । उनी र्याप र इन्जिनियरिङ पेशाबाट पनि निकै राम्रो कमाएका व्यक्ति हुन् । उनका हजुरबुबा स्वयम् आफ्नो गाउँको जमिन्दार थिए ।

तथ्य नम्बर ९
बालेन्द्र शाहले सबिना काफ्लेसँग विवाह गरेका छन् र शाहकी श्रीमती पेसाले जनस्वास्थ्यकर्मी हुन् । उनका दाजु एसीसीए हुन् । अर्थात उनको परिवारमा सबैजसो सदस्य प्रोफेसनल छन् । सबैजना आ–आफ्नो क्षेत्रमा अब्बल पनि छन् । र अन्त्यमा धेरैलाई थाहा नभएको तथ्यचाहिं उनी सानैदेखि साहित्यमा रुची राख्ने व्यक्ति थिए । उनी स्कुलमा रहंदा खुब कविता लेख्थे । अर्थात उनी कवि पनि हुन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close