माफियाको चंगुलमा ड्राइपोर्ट भन्सार: कोइला व्यापारका कारण जनजीवन संकटमा, के पैसा नै सबैथोक हो?

माफियाको चंगुलमा ड्राइपोर्ट भन्सार: कोइला व्यापारका कारण जनजीवन संकटमा, के पैसा नै सबैथोक हो?

नेपालमै सबै बढी कोइला आयात हुने नगरभित्र वीरगंज महानगरपालिका परेको छ । सरकारले नै हचुवाको भरमा माथीबाटै वीरगंज महानगरपालिका घन्नावस्ती क्षेत्रमा रहेको सुख्खा बन्दरगाहबाट कोइला आयात गर्न ग्रिण सिगनल दिए यता सो क्षेत्रका वासिन्दाहरु बिभिन्न खालका स्वास्थ्य सम्बन्धी समस्या तथा आर्थिक समाजिक समस्या समेत भोग्न बाध्य बनेका छन् ।

नेपाल अधौगिक प्रयोजन एवं अन्य कामका लागि समेत कोइला आवश्यक पर्ने तत्व हो । तर यसरी केही कोइला व्यवसायी एवं माफियाहरुलाई पोस्नको लागि मात्र मानिसको जिवनसँग खेल्वाड गर्न नमिल्ले स्थानिय अगुवा तथा समाजिक अभियन्ताहरुको भनाई छ । यसरी खुल्ला रुपमा बिना मापदण्ड खुल्ला रुपमा भित्रयाउँने गरेको कोइलाबाट उडने गरेको धुलो तथा अन्य हानीकारण कोइलाको कणबाट जनताको स्वास्थ्य तथा पर्यावरणमा गम्भीर असर पुगी रहेको भएपनि कोइला व्यापारी र भन्सारमा आउँने कार्ग्राे समाज लोडलन लोड गर्ने ठेक्का पाएका भारतीय कम्पनी प्रिस्टाइन भ्यालीलाई पोस्ने काम मात्र शासक प्रशासकले गरेको स्थानियवासीको गुनासो छ ।

बन्दगारसँगै रहेको सिर्सिया निवासीका अनुसार गरिबको व्यथा सुन्ने कोहि छैन् । भर्खरै प्रतिनिधि सभा सदस्यको निर्वाचन सकिएको छ । पर्सा निर्वाचन क्षेत्र नं. २ ले होनहार युवा उम्मेदवार पाएको छ । तर सो क्षेत्रका जनता अहिले पनि न्यायको पर्खाइमा छ । सुख्खा बन्दरगाह निर्माणका वेला जग्गा दिने वेलामा कोइला यहाँ खस्छ साँसै लिन मुश्किल हुन्छ भन्ने कुरा सिर्सियावासीले कहिले पनि सोचेको थिएन् । सरकारले जग्गा लियो मुअब्बजा अहिले सम्म पाएको छैन् । कोइलाको धुवाँ र बिभिन्न कर्चा पदार्थको धुलोले ज्यान रहने हो होइन् भने चिन्नता सो क्षेत्रका वासीलाई सताउँन थालेको छ ।

वीरगंजमा सुख्खा बन्दरगाह कोइला कारोबारको अवस्था
वीरगंजस्थित सिर्सिया ड्राइपोर्ट नेपालकै सबैभन्दा ठूलो स्थलीय व्यापार नाका हो । भारतबाट आयात हुने ठूलो मात्राको कोइला, क्लिंकर, सिमेन्टका कच्चा पदार्थ, औद्योगिक सामान यही नाकाबाट नेपाल भित्रिन्छ । हाल ड्राइपोर्टमा एकै पटक २५ हजारदेखि ३० हजार मेट्रिक टनसम्म कोइला थुपारिने गरेको तथ्य छ ।

कोइला रेलमार्फत ठूलो मात्रामा ल्याइने भएकाले ड्राइपोर्ट परिसरमै कोइलाको पहाड जस्तो थुप्रो देखिने अवस्था भएको छ । ढुवानी र भण्डारणको उचित प्रणाली नहुँदा कालो धुलो सडक, घर र बस्तीमा फैलिने समस्या बढेको छ । भन्सार क्षेत्र अबैध तरिकाले मापदण्ड बिना कोइला खसाल्ने गरिएको तथा बन्दरगाहबाट खुल्ला गाडी लोड गरी ड्राइपोर्ट चौक देखि परवानीपुरसम्मको सिक्सलेन बाटोको छेव नियमविपरित बनाइएका कोइला भण्डारण गर्ने डिपोसम्म लाने गरिएको छ ।

वस्ती क्षेत्रमै दर्जनौ स्थानमा स्थापना गरिएको कोइला डिपो समेत खुल्ला राखिएको छ । डिपो दर्ता छ छैन त्यो समेत स्थानियहरुलाई जानकारी दिइएको छैन् । खुल्ला रुपमा भण्डारण गरिएको कोइलाहरु हवा चल्दा वस्तीसम्म पुग्ने गरेको छ । हवा जोडले चल्दा अथवा आधीवेहिरी आउँदा समस्या बिक्र्राल हुने गरेको छ । तर कोइला व्यापारीहरुलाई राजनीतिक संरक्षण प्राप्त रहेको कारण हालसम्म उनीहरुलाई व्यवस्थि गर्न सकिएको छैन् । एक जना स्थानिय अगुवा राकेश कुर्मीका अनुसार हामी काइला व्यापार बन्द भन्दा पनि व्यवस्थि होस भन्ने चाहन्छ । तर जनता मारेर व्यापार हुने हो त्यसतो व्यापार बन्द हुनु पर्छ भन्ने पक्षमा हामी छौं ।

कारवाही किन हुदैनन् ?
सो क्षेत्रका वासिन्दाहरुले बर्षौदेखि बिरोध आन्दोलन तथा धर्ना दिदै आएका छन् । तर हालसम्म समस्या समाधान तर्फ कुनै ठोस पहल भएको छैन् । यस पछाडी ठूलो आर्थिक चलखेल भएको स्थानियवासीको बझाई छ । उनीहरुका अनुसार पैसा स्थानिय नेता अगुवादेखि पार्टी तथा स्थानिय सरकारका प्रमुखसम्म जाने गरेको छ ।
ड्राइपोर्टको व्यवस्थापन कमजोर भएकाले देखिएका प्रमुख समस्या ।

काईला अथवा धुलोजन्य समाग्री आयात गर्दा ट्रक वा रेलबाट कालो धुलो चुहिने गरेको छ । अनलोड गर्दा बिना सुरक्षा अपनाई सोझे खसालिने गरेको छ । त्यस भारी मात्रा धुलो काइलाका कण तथा अन्य हानीकारक तत्वहरु उडेर सोझे वस्तीमा जाने गरेको छ भने बन्दरगाह भित्र काम गर्ने मजदुरलाई समेत हानी पु¥याउँने गरेको छ । त्यसपछि ट्रक,टिपर अथवा अन्य गाडीमा लोड गरी बिना ढाक छोप गरी नै निकाल्ने गरेको कारण थप समस्या सृजना हुने गरेको छ । सडकभरि कोइलाको धुलो खस्दै जाने र त्यसको मार पनि क्षेत्रका वासीले खानु पर्ने पर्ने अवस्था छ ।

दैनिक जिवनमा परेको असर
कोइला धुवा खेतीपाती सखास पर्ने देखि स्थानियवासीमा बिभिन्न खालका स्वाथ्य समस्याहरु उत्पन्न गराई रहेको छ । कोइलाको धुलोका कारण घरका छाना, आँगन, सडक कालो हुने । कपडा, पानी र खाद्यान्न दूषित हुने,खुला ठाउँमा बस्न वा हिँड्न गाह्रो हुनेको छ भने दम,टिबी, श्वासप्रश्वास रोग, एलर्जी, ब्रोंकाइटिस, फोक्सो र मुटु रोग जस्ता समस्याहरु स्थानियहरुमा उत्पन्न हुने खतरा बढाउँदै आएको छ । कोइला धुलोमा धेरै प्रकारका हानिकारक कण (PM2.5, सल्फर, भारी धातु) हुन्छन्। साथै बिज्ञहरुका अनुसार अन्य खतरनाक केमिकल तथा रसायनहरु कोइलाको धुलोमा हुने गरेको कारण छाला तथा आँखा समेत गम्भीर असर गर्न सक्छ ।

स्थानीय प्रशासनले पनि बालबालिका, वृद्ध र दमका बिरामीमा प्रत्यक्ष असर परेको स्वीकार गर्दै आएको भएपनि हालसम्म समस्या सधामानका लागि ठोस पहल भएको छैन् । त्यसको साथै कोइलालाई खाद्य समाग्री तथा अन्य जीवन उपयोगी समानहरु समेत एल्टै रेल्वे लाइनमा आयत हुनाले अनेकौ थप जटिल स्वास्थ्य समस्याको खतरा हुने गरेको छ । त्यसमाथी कोइला अन रोडिङ्ग हुने स्थान र गोदामहरु समेत नजिकै रहेको कारण थप समस्या हुने गरेको व्यापारीहरु नै बताउँने गरेका छन् ।

वातावरणमा पारी रहेको असर
कोइला तथा अव्यवस्थित रुपमा लोड अनलोड हुने गरेको कोइला तथा धुलो जन्य कच्चा पर्दाथका कारण वातावरणमा समेत असर पर्ने गरेको छ । यजसले हावामा कालो कण, स्मोग धुवाँ बढाउँछ । नदीको ठूलो भाग औद्योगिक फोहोर पानीले भरिने अवस्थामा पुग्ने छ । यसले जलचर र वातावरणीय प्रणाली नष्ट हुने छ । हरियालीमा असर पार्ने कोइलाको धुलोले बोटबिरुवाको पात ढाक्ने,प्रकाश संश्लेषण घटाउन,कृषि उत्पादनमा असर पार्ने लगायतको समस्या समेत सृजित गर्दैछ। सभार:- Nepal Post Daily

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close