
वीरगंज, बैशाख २४ गते आइतबार ।
वीरगंज महानगरपालिका वडा समितिको कार्यालय वडा न.२ छपकैया द्वारा जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ।
वीरगंज महानगरपालिका वडा समिति वडा नं २ छपकैयाको आयोजनामा आइतबार भएको जेष्ठ नागरिक सम्मान कार्यक्रममा बसिर समानी , मुमताज आलम , शेख लदेक,नैमुदिन मिया चुरिहार,मंजर मिया हजाम,शेख सतार,चेतन महतो कोइरी,गुदरि महतो नुनिया, पुर्णबहादुर रंजितकार लगायत महिला र पुरुष गरि १८१ जनालाइ एक कार्यक्रम बीच सम्मान गरेको थियो । प्रमुख अतिथि वीरगंज महानगरपालिकाका उप-प्रमुख इम्तियाज आलमले भने म यहि जेष्ठ नागरिकको अगाडी खेलेको छु हुर्केको छु, ठुलो भएको छु तथा आज उहाहरु कै जेष्ठ नागरिकको सम्मान कार्यक्रममा सम्मान गर्न पाएकोमा धेरै नै खुसि लागेको छ कि उहाहरुलाइ सम्मान गर्न मौका पाएकोमा तथा वडा नं २ का वडा अध्यक्ष महमद रेयाज मिया तेलिलाइ विशेष धन्यवाद दिन चाहन्छु कि उहाँले यस्तो गरिमामय मौका दिनु भएकोमा ।
जेष्ठ नागरिकको सम्मान कार्यक्रम वीरगंज महानगरपालिकाका उप प्रमुख इम्तियाज आलमको प्रमुख आतिथ्यमा तथा वीरगंज महानगरपालिका वडा नं २ का वडा अध्यक्ष महमद रेयाज मियाको सभापतित्वमा भएको कार्यक्रममा विशिष्ट अतिथि जेष्ठ नागरिक संघ पर्साका उपाध्यक्ष बैधनाथ कोइरी, अतिथिहरुमा वडा सदस्यहरू बसिर मिया हजाम , अब्दुल लसिफ अंसारी, महिला वडा सदस्य संगिता थापा भुजेल , रम्भा देबि , वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक बिदुर शिवाकोटी, समाजसेवी तथा नेपाली कांग्रेस का क्षेत्रिय प्रतिनिधि जौवाद समानी, पुर्व वडा अध्यक्ष हाजि महमद हुसेन समानी, समुदायिक सेवा केन्द्र छपकैया २ का अध्यक्ष ग्यासुदिन ठकुराइ, डा. राधाकृष्ण कोईराला , डा. श्याम सुन्दर दास , डा. मुकेश अग्रवाल , डा. नेजामुदिन समानी,डा.के.एल. सिंह , डा. शैलेस ठाकुर, डा. खालिद हसन , डा.एम इजहार,छपकैया बिट इन्चार्ज प्रहरी सहायक निरीक्षक इन्द्रविर चौधरी , वडा नं २ का वडा सचिव काशिम शेख, सहायक सचिव सुनिता क्षेत्री , पत्रकार अजित भुजेल ,राहुल गुप्ता लगायतकाको उपस्थिति रहेको थियो।
स्वागत मन्तव्य वडा न.२ का कर्मचारी अफरोज आलमले र कार्यक्रम सन्चालन अब्दुल कैसले गरेका थिए ।
सो कार्यक्रममा समाजसेबि , डाक्टर र हाजी तथा पुर्व वडा अध्यक्ष लगायतका बुद्धिजिबिहरुलाई विशेष सम्मान गरेका थिए।