पर्सा क्षेत्र नं. २ का सांसद कानुलाई वीरगंज रिपोर्ट टिमद्वारा सम्मान

पर्सा क्षेत्र नं. २ का सांसद कानुलाई वीरगंज रिपोर्ट टिमद्वारा सम्मान

पर्सा निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित सांसद सुशील प्रसाद कानुलाई वीरगंज रिपोर्ट डटकमको टोलीले बधाई तथा सम्मान गरेको छ।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा विजयी भएपछि वीरगंज रिपोर्टका संचालक प्रदीप साह, संवाददाता अनुज गुप्ता र रोहित वर्णवाल सहितको टोलीले घडिअर्वा पोखरीस्थित पार्टी कार्यालयमा पुगेर उनलाई मायाको चिनो प्रदान गरेको हो।

सांसद कानु यसअघि वीरगंज महानगरपालिका वडा नं. १० का वडाध्यक्ष रहिसकेका छन्। वडाध्यक्षका रूपमा गरेका विकास निर्माण र जनतासँगको नजिकको सम्बन्धका कारण उनी सांसदमा निर्वाचित भएको विश्वास गरिएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close