
१८५७ को प्रथम स्वतन्त्रता संग्रामका महान् नायक को १६८औँ विजयोत्सव रक्सौलमा श्रद्धा र सम्मानका साथ मनाइएको छ। रक्सौल शाखाको तत्वावधानमा कोइरिया टोला क्षेत्रस्थित शिवनारायण निवासमा आयोजित कार्यक्रममा उनको अतुलनीय साहस, बहादुरी र देशभक्तिबारे विस्तृत चर्चा गरिएको थियो।
कार्यक्रमको संयोजन संस्कार संयोजक नितेश कुमार सिंहले गरेका थिए भने शाखा अध्यक्ष रजनीश प्रियदर्शीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रमको सुरुवात दीप प्रज्वलन, ‘वन्दे मातरम्’ को सामूहिक गायन तथा वीर कुँवर सिंहको तस्वीरमा माल्यार्पण र पुष्प अर्पणबाट गरिएको थियो।
अध्यक्षीय मन्तव्य दिँदै रजनीश प्रियदर्शीले वीर कुँवर सिंह बिहार मात्र नभई सम्पूर्ण राष्ट्रकै गौरव रहेको उल्लेख गरे। उनले ८० वर्षको उमेरमा ब्रिटिश शासनविरुद्ध लड्दै अदम्य साहस देखाएको स्मरण गर्दै उनको जीवन त्याग, समर्पण र देशभक्तिको अनुपम उदाहरण भएको बताए। साथै, उनले युवापुस्तालाई वीर कुँवर सिंहको आदर्शबाट प्रेरणा लिएर राष्ट्र निर्माणमा सक्रिय हुन आग्रह गरे।
कार्यक्रममा सचिव नरेश कुमार र संस्कार संयोजक नितेश कुमार सिंहले संयुक्त रूपमा बोल्दै वीर कुँवर सिंहको जीवनगाथाले भावी पुस्तालाई सधैं प्रेरणा दिने विश्वास व्यक्त गरे। सहभागीहरूले उनको जीवनसँग सम्बन्धित विभिन्न प्रेरणादायी प्रसंगहरू साझा गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गरेका थिए।
कार्यक्रम राष्ट्रिय गानसँगै समापन भएको थियो। कार्यक्रममा अर्थ सचिव सुनील कुमार, सुरेश धनोठिया, उमेश सिकरिया, अजय कुमार, विजय कुमार साह, विनोद कुमार (नारियाल गद्दी), दिनेश प्रसाद, जितेन्द्र चौरसिया, प्रशान्त कुमार र मनोज कुमार लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमबारे जानकारी सेवा संयोजक तथा मिडिया इन्चार्ज बिमल कुमार सर्राफले दिएका थिए।




