वीरगञ्जको किंग्स क्यासिनोलाई ‘उत्तम’ खाद्य स्वच्छता स्तरको प्रमाणपत्र

वीरगञ्जको किंग्स क्यासिनोलाई ‘उत्तम’ खाद्य स्वच्छता स्तरको प्रमाणपत्र

वीरगञ्ज । वीरगञ्जमा संयुक्त बजार अनुगमन टोलीले विभिन्न व्यवसायिक प्रतिष्ठानहरूको अनुगमन गरेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय वीरगञ्जको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पर्सा, जिल्ला प्रहरी कार्यालय पर्सा, वीरगञ्ज उद्योग वाणिज्य संघ तथा उपभोक्ता हित संरक्षण मञ्चको सहभागितामा अनुगमन गरिएको हो।

अनुगमनका क्रममा आदर्शनगरस्थित सिद्धार्थ दियालो होटलभित्र सञ्चालित किंग्स क्यासिनोको सरसफाइ अवस्था तथा खाद्य सामग्रीको गुणस्तर परीक्षण गरिएको थियो। परीक्षणका क्रममा क्यासिनोले सरसफाइ र खाद्य सुरक्षा मापदण्ड उत्कृष्ट रूपमा पालना गरेको पाइएपछि ‘उत्तम’ खाद्य स्वच्छता स्तर प्रदान गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार आवश्यक गुणस्तर मापदण्ड पूरा गरेपछि किंग्स क्यासिनोलाई ‘उत्तम’ खाद्य स्वच्छता स्तरको प्रमाणपत्र प्रदान गरिएको हो। उपभोक्तालाई सुरक्षित तथा गुणस्तरीय खाद्य सेवा उपलब्ध गराउने उद्देश्यले यस्ता अनुगमनलाई आगामी दिनमा पनि निरन्तरता दिइने जनाइएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close