
रक्सौल । भारतको रक्सौलस्थित कल्याण ज्वेलर्सले आफ्नो दोस्रो वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ विशेष रूपमा मनाएको छ। वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा नेपाल तथा भारतबाट आएका ग्राहक,पत्रकार तथा विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मान गरिएको थियो।
कल्याण ज्वेलर्सका सञ्चालक अरविन्द सर्राफ र बिमल सर्राफले कार्यक्रममा सहभागी विभिन्न क्षेत्रका व्यक्तित्व तथा शुभेच्छुकहरूलाई सम्मान गरेका हुन्। सोही अवसरमा विभिन्न क्षेत्रका व्यक्तित्वसँगै आफू पनि सञ्चालकद्वयबाट सम्मानित हुने अवसर प्राप्त गरेको जनाइएको छ। सम्मानले आफूलाई थप उत्साहित बनाउनुका साथै आगामी दिनमा अझ जिम्मेवार भएर काम गर्न प्रेरणा मिलेको बताइएको छ।
वार्षिकोत्सव कार्यक्रममा काली सेना टोलीसहित राष्ट्रिय प्रमुख काली सेना पार्वती तिवारीको समेत सहभागिता रहेको थियो। कार्यक्रममा सहभागी पार्वती तिवारीलाई कल्याण ज्वेलर्स रक्सौलका तर्फबाट सम्मान गरिएको थियो।
सम्मानपछि राष्ट्रिय प्रमुख पार्वती तिवारीले आफूलाई सम्मान गरेकोमा कल्याण ज्वेलर्सका सञ्चालक अरविन्द सर्राफलगायत सम्पूर्ण परिवारप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरिन्। उनले कल्याण ज्वेलर्ससँग जोडिएको विशेष अवसरमा सहभागी भई वार्षिकोत्सवको खुसी साझा गर्न पाउँदा आफूलाई खुशी लागेको बताइन्।
कार्यक्रममा नेपाल तथा भारतबाट आएका ग्राहक र शुभेच्छुकहरूले कल्याण ज्वेलर्सको व्यावसायिक सफलताको शुभकामना दिँदै आगामी दिनमा थप प्रगतिको कामना गरेका थिए। सञ्चार क्षेत्रबाट पुर्याएको योगदानको कदर गर्दै पत्रकारहरूलाई समेत सम्मान गरिएको थियो।
वार्षिकोत्सवका अवसरमा सञ्चालकद्वय अरविन्द सर्राफ र बिमल सर्राफले ग्राहकको विश्वासलाई आगामी दिनमा पनि उच्च प्राथमिकतामा राख्दै गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे। उनीहरूले ग्राहकको सन्तुष्टि र विश्वास नै व्यवसायको मुख्य आधार भएको उल्लेख गरे।
रक्सौलमा सञ्चालनमा रहेको कल्याण ज्वेलर्सले नेपाली तथा भारतीय ग्राहकलाई लक्षित गर्दै सुनचाँदीका गरगहना तथा विभिन्न प्रकारका आभूषण उपलब्ध गराउँदै आएको छ। छोटो समयमै ग्राहकको विश्वास र सद्भाव हासिल गर्दै व्यवसाय विस्तार गर्न सफल भएको भन्दै सहभागीहरूले सञ्चालकद्वयलाई बधाई तथा शुभकामना दिएका थिए।
कार्यक्रमले नेपाल–भारतबीचको व्यावसायिक तथा सामाजिक सम्बन्धलाई थप मजबुत बनाउन सहयोग पुगेको सहभागीहरूले बताएका छन्। वार्षिकोत्सव समारोहमा उपस्थित अतिथि, ग्राहक, शुभेच्छुक, पत्रकार तथा व्यवसायीहरूले एक–अर्कासँग शुभकामना आदानप्रदान गर्दै कार्यक्रमलाई उत्साहपूर्वक मनाएका थिए।



