अमलेखगञ्ज ट्राफिक पोस्टका इन्चार्ज नवलकिशोर साहमाथि चेकजाँचका नाममा रकम असुलेको आरोप

अमलेखगञ्ज ट्राफिक पोस्टका इन्चार्ज नवलकिशोर साहमाथि चेकजाँचका नाममा रकम असुलेको आरोप

अमलेखगञ्ज । अस्थायी ट्राफिक प्रहरी पोस्ट अमलेखगञ्जका इन्चार्ज प्रहरी वरिष्ठ हवल्दार नवलकिशोर साहमाथि चेकजाँचका नाममा विभिन्न सवारीसाधनबाट अनधिकृत रूपमा रकम असुल्ने गरेको आरोप लागेको छ।

अमलेखगञ्ज ट्राफिक बिटअगाडिको सडकमा सवारीसाधन रोकेर चेकजाँच गर्ने क्रममा एक सय, दुई सयदेखि पाँच सय रुपैयाँसम्म रकम लिने गरेको स्थानीय तथा स्रोतको दाबी छ। विशेषगरी वीरगञ्ज तथा पूर्वतर्फबाट आउने मालवाहक सवारीसाधन, कुखुरा तथा भैंसी बोकेका सवारीसाधनबाट रकम उठाउने गरिएको आरोप छ।

स्रोतका अनुसार उक्त क्षेत्रमा दैनिक विभिन्न सवारीसाधनबाट करिब ५ हजारदेखि १० हजार रुपैयाँसम्म रकम उठ्ने गरेको दाबी गरिएको छ। उठाइएको रकममध्ये माथिल्लो तहसम्म समेत मासिक रूपमा हिस्सा जाने गरेको स्रोतको दाबी छ।

ट्राफिक चेकजाँचका क्रममा अनावश्यक रूपमा सवारीसाधन रोक्ने र रकम नदिएसम्म दुःख दिने गरेको गुनासो केही चालकले गरेका छन्। यस विषयमा प्रहरी वरिष्ठ हवल्दार नवलकिशोर साहको भूमिका तथा चेकजाँचका क्रममा हुने आर्थिक कारोबारबारे सम्बन्धित निकायले निष्पक्ष छानबिन गरी वास्तविकता सार्वजनिक गर्नुपर्ने माग उठेको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close