जिल्लाको वर्तमान सुरक्षा अवस्था बुझ्न प्रदेश प्रहरी प्रमुखको पर्वत निरीक्षण

जिल्लाको वर्तमान सुरक्षा अवस्था बुझ्न प्रदेश प्रहरी प्रमुखको पर्वत निरीक्षण

खेम राज खनाल पर्वत जेष्ठ ०२ गते,
गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले जिल्ला प्रहरी कार्यालय पर्वतको निरीक्षण गर्नुभई कार्यरत प्रहरी कर्मचारीहरुलाई व्यवसायीक प्रहरी सेवा प्रवाह लगायत समसामयिक विषयमा निर्देशन सम्बोधन गर्नुभएको छ ।
गण्डकी प्रदेश अन्तर्गतका प्रहरी कार्यालयहरुले विश्वव्यापी रुपमा फैलिईरहेको कोरोना भाईरस संक्रमणलाई फैलन नदिन जिल्ला अन्तर्गत गरिरहका विभिन्न गतिविधिहरु, लकडाउनको कार्यान्वयन साथै जिल्लाहरुको वर्तमान अवस्था र प्रहरी परिचालनका विषयमा जानकारी लिई आवश्यक निर्देशन सम्बोधन गर्न उक्त स्थलगत अवलोनक एवं निरीक्षक गरिएको हो ।

निरीक्षणको शिलसिलामा जिल्ला प्रहरी कार्यलय पर्वत पुग्नु भएका प्रहरी नायव महानिरीक्षक अर्यालले जिल्लामा कार्यरत प्रहरी कर्मचारीहरु, कार्यालयका विभिन्ना शाखाहरु, मेस, ब्यारेक लगायत अन्य स्रोत साधनहरुको निरीक्षण गर्नु भएको थियो ।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक स्यामू अर्यालले प्रहरी नायव महानिरीक्षक अर्याल समक्ष जिल्लाको शान्ति सुरक्षाको वर्तमान अवस्था, अपराधिक अवस्था लगायत कोरोना भाईरसक संक्रमण फैलन नदिन जिल्ला अन्तर्गत प्रहरीले गरिरहेका विविध गतिविधिहरुका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्नुहुँदै प्रहरी नायव महानिरीक्षक अर्यालले संक्रमणको जोखिम नेपालमा पनि बढिरहेकाले आफू सुरक्षित रहि आम नागरिकलाई यसको संक्रमणबाट बचाउन दिएको जिम्मेवारी उच्च सतर्कता र संवेदनशिलताका साथ निर्वाह गर्न गराउन निर्दैशन दिनुभएको छ ।
प्रहरी सेवा प्रवाहका विषयमा बोल्दै प्रहरी नायव महानिरीक्षक अर्यालले प्रहरी सेवा प्रवहा गर्दा जनतालाई नै केन्द्रविन्दुमा राखी जनगुनासोहरुको सम्बोधन गर्दा उच्च सम्मान र आचरणयुक्त व्यवहार गर्न प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close