स्वास्थ्य सतर्कता सहित महाधिवेशनमा जाउ : नेता गुरुङ

स्वास्थ्य सुरक्षा सहित महाधिवेशन होमिन पार्टीका सम्पुर्ण नेता तथा कार्यकर्ता हरूलाई नेपाली कॉंग्रेस का नेता महादेव गुरुङले आग्रह गरेका छन् ।

आउदो १४ महाधिबेशन लाई मध्यनजर गर्दै कार्यकर्ता र साथिहरु माझ जान नेता गुरुङले पीसीआर टेष्ट समेत गराएका छन् । मंगलबार गराएको उक्क्त पीसीआर टेष्ट बुधवार नेगेटिभ आएको छ ।


आफु संक्रमीत भए पनि भोली साथिहरु माझ जादा उनीहरुलाई खतरा नहोस् भनि पहिले नै कोभिड टेष्ट गरेको नेता गुरुङले बताए ।

कास्कीका ३ वटै क्षेत्रमा पार्टी का साथिहरु सँग तिब्र रुपमा भेटघाट गर्ने उद्देश्यका साथ नेता गुरुङ बिशेष गरि युवाहरुलाई अघि बढाउने र कास्की जिल्ला भरिका युवाहरु लाई एकिकृत बनाएर नेतृत्व का लागि तयार गर्ने लागी परेको पाईन्छ।
ने.बि.संघको केन्द्रिय महामन्त्री,तरुण दलको केन्द्रिय अध्यक्ष,जि.बि.स.कास्कीका सभापति,सांसद पर्यटन मन्त्री भइसेका गुरुङ २०७० सालको दोस्रो सबिधान निवार्चनमा कास्की क्षेत्र नम्बर ४ बाट उम्मेदवार थिए।

आउदो नेपाली कांग्रेसको १४ औ महाधिबेशनमा भने जनजाती तर्फको केन्द्रीउ सह महामन्त्री अथवा खुल्ला केन्द्रिय सदस्यमा उम्मेरदवारी दिने उनी निकट केहि नेताहरुले अनुमान लगाएका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close