
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन्। उनले प्रधानमन्त्री बालेन शाहसमक्ष राजीनामा बुझाएको उनको निजी सचिवालय स्रोतले जानकारी दिएको छ।
मन्त्री यादवले बुधबार संसदीय समितिमा ग्यास उद्योगीहरूलाई ‘पाता फर्काउनुपर्ने’ भन्दै विवादास्पद अभिव्यक्ति दिएकी थिइन्। उनको उक्त अभिव्यक्तिप्रति ग्यास उद्योगीहरूले आपत्ति जनाएका थिए। उद्योगीहरूले प्रधानमन्त्रीसमक्ष समेत ध्यानाकर्षण गराएका थिए।
मन्त्री यादवले राजीनामा दिएको प्रधानमन्त्री बालेन शाहका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंले पुष्टि गरेका छन्।
लामो समयदेखि देशमा खाना पकाउने ग्यासको अभाव देखिँदै आएको छ। बुधबार संसदीय समितिको बैठकमा समेत ग्यासको आपूर्ति सहज बनाउन नसक्ने हो भने पदबाट राजीनामा दिन सांसदहरूले मन्त्री यादवलाई सुझाव दिएका थिए।
आफ्नो प्रतिक्रिया दिनुहोस



