पोखरिया प्रहरीको मुद्दा शाखामा असई चौधरी र बिचौलियाको रजगज?

पोखरिया प्रहरीको मुद्दा शाखामा असई चौधरी र बिचौलियाको रजगज?

वीरगन्ज । इलाका प्रहरी कार्यालय पोखरिया पर्साको मुद्दा शाखामा कार्यरत कर्मचारीहरु बिचौलीयाकै माध्यमले चल्न थालेपछि मुद्दा शाखा कमाई खाने थल्लोको रुपमा रुपान्तरण भएको रहस्य बाहिरिएको छ । आम नागरिकहरुको सुरक्षा ग्यारेन्टी गर्ने नेपाल प्रहरीकै मुद्दा शाखामा बिचौलीयाहरु हावी हुन थालेपछि कमाई खाने थल्लोको रुपमा मुद्दा शाखालाई प्रयोग गर्न थालिएको रहस्य बाहिरिएको हो ।

विभिन्न मुद्दाका अपराधीहरुलाई उन्मुक्ति दिलाउनको निम्ति विचौलीयाहरुले मुद्दा शाखामा कार्यरत रहेका असई रुपेश चौधरी र हवल्दार बिकाउ यादवले आर्थिक प्रलोभनमा परी मुद्दाबाट उन्मुक्ति दिलाउन सफल भएको प्रहरी श्रोतले नै जानकारी दिएको छ ।

इलका प्रहरी कार्यालय पोखरियाको प्रांगनमा सेवाग्राही भन्दापनि बिचौलीयाको बिगबिगी बढेको बारे प्रहरी श्रोतले जानकारी दिएको हो । उनका अनुसार लागु औषध मुद्दादेखी ठगी , अभद्रव्यवहार , कालोबजारी लगाएको मुद्दामा समेत फसेकाहरुलाई बिचौलीयाको माध्यमले नै असई चौधरी र हवल्दार यादवले मिलाउने काम मात्र गरिरहेको एक जना प्रहरीले जानकारी दिएका छन् । नेपाली नागरिकको सुरक्षा ग्यारेन्टी गर्ने नेपाल प्रहरी जस्तो पवित्र संगठनलाई असई चौधरी र बिचौलीयाहरुले नै बदनाम गर्न आतुर भएको देखिन थालिएको छ । विभिन्न मुद्दामा पक्राउ परेका आरोपित तथा अपराधीहरुलाई उन्मुक्ति गराउनको निम्ति असई चौधरी र बिचौलीयाहरुले पिडित तथा अपराधीहरुको आफन्त संग रकमको मांग गर्ने गरेको र रकम लिए पश्चात मुद्दा शाखामा धाउने गरेको दुखेसो मुद्दा शाखाकै एक कर्मचारीले आफ्नो नाम उजागर नगर्ने सर्तमा बताए ।

इलाका प्रहरी कार्यालय पोखरिया पर्साका प्रहरी निरीक्षकको रूपमा भानुभक्त अर्याल नयाँ आएको फाइदा उठाउदै विभिन्न मुद्दामा फसेकाहरुलाई सफाई समेत दिलाउन असई चौधरी , हवल्दार यादव र बिचौलीयाहरु सफल समेत भएको उनले बताए । बिचौलीयाहरुले कतिपय अपराधीलाई छुटाउन सफल भएका छन भने २ (दुई) जनालाई हालपनि सिफारिस बारे धाइरहेको उनले दावी गरेका छन् । एक जना अर्का प्रहरी श्रोतका अनुसार प्रहरीलाई नै कमाई खाने माध्यम बनाएको बारे उनले जिकिर गरे ।

उनका अनुसार इलाका प्रहरी कार्यालय पोखरियाका कर्मचारीहरुसंग राम्रो सम्बन्ध बनाएर व्यापारीलाई समेत ठग्ने काम भएको बताएका छन् । सीमाबाट हुने अवैध कृयाकलापका साथै भन्सार छलेर ल्याउने व्यपारीहरुको गोदाममा पुगि बार्गेनिङ गर्ने गरेको र नदिए प्रहरीलाई नै प्रयोग गरी छापामारी समेत बिचौलीयाले नै गर्ने गराउने गरेको उनले बताए । रकमकै आधारमा आश्रीत रहेका केही पुराना कर्मचारीहरु समेत यस्ता घटनाहरुमा संलग्न हुने गरेको समेत उनले जिकिर गरेका छन् ।

यस विषयमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता चक्रबहादुर मल्लले आफ्नो संगठनको नीति निर्देशन विपरीत गई कुनै किसिमको कार्य नगरेको समेत बताउनु भयो । उहाले यस विषयमा अनुसन्धान गरी त्यस्ता गतिविधिमा संलग्न हुने प्रहरीलाई समेत कारवाही गर्ने बताउनु भयो । उहाले प्रहरी कार्यालय पर्सा भित्र विचौलीयाहरु हावी भएको विषयमा समेत आफुलाई केही जानकारी नभएको बताउनु भयो ।

इलाका प्रहरी कार्यालय पोखरिया परिसर भित्र कुनै किसिमको बिचौलीयालाई प्रवेश निषेध नै गरिएको ठोकुवा गरेका छन् साथै यदि प्रहरी प्रशासनबाट यस्तो कुनै किसिमको गतिविधि भएको प्रमाण पाइयो भने निलम्बन सम्मको कार्वाही गरिने उहाँले बताउनु भयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close