भोलि खण्डग्रास सुर्यग्रहण !!!

असार ६
खेमराज खनाल, काठमाडौ
बिहान १० बजेर ५० मिनेटमा स्पर्श हुने यो खण्डग्रास सुर्यग्रहण मध्यान्न १२ बजेर ३८ मिनेटमा मध्य र अपरान्ह २ बजेर २३ मिनेटमा मोक्ष हुनेछ । यो ग्रहणको अवधि ३ घण्टा ३३ मिनेटको हुनेछ ।

१. ग्रहणको समयमाभोजन र जलआदि ग्रहण गर्न बर्जित गरिएको छ ।

२. ग्रहणकालमा भोजन बनाउनु् वा यसको तयारी गर्नु समेत हुदैन ।

३. ग्रहणकालमा कुनै पनि शुभकार्यको थालनी गर्नु हुदैन अन्यथा असफलता प्राप्त हुनेछ ।

४. ग्रहणकालमा देव पूजनका साथै देवीदेवताको मूर्तिस्पर्श गर्नबाट बच्नु पर्दछ ।

५. ग्रहणको सूतक कालमा उपासना वा देव दर्शन बर्जित रहन्छ ।

६. यस कालमा मदिरा, धुम्रपान वा सुर्ति सेवन गर्नुहुदैन अन्यथा ग्रहणको दुष्प्रभाव पर्दछ ।

७. ग्रहणको समयमा जुठो भाडाँ वा चुल्हो राख्नु हुदैन ।

८. यस कालमा माछामासु काट्ने वा बेच्न अुशभ हुने मान्यता छ ।

९. ग्रहणकालमा कपाल र नङ काट्नु वा काट्न लगाउनु हुदैन ।

१०. यस कालमा सिलाई कटाइ गर्नु समेत अशुभ मानिन्छ ।

११. ग्रहण कालमा तिखा, धारिलो हतियारको प्रयोग गर्न बर्जित रहन्छ ।

१२. ग्रहणकालमा निदाउनु समेत हुदैन अन्यथा यसले हानि पुर्‍याउने धार्मिक मान्यता छ ।

१३. ग्रहणको समयमा शारीरिक सम्बन्ध राख्न बर्जित छ । अन्यथा अशुभ हुने विश्वास छ ।

१४. ग्रहणलाई नागों आखाँले हेर्नु हुदैन ।

१५. यस कालमा ग्रहणको छायाँबाट गर्भवती महिलाले विशेष रूपमा बच्नु पर्दछ ।

१६. ग्रहणकालमा वृद्ध र रोगी मानिसले घर बाहिर निस्कनु हुदैन ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close