वीरगञ्ज र जीतपुरमा एनएचआर मोटोकर्पका दुई नयाँ शोरुम सञ्चालनमा, भोलिदेखि ‘हिरो मेगा एक्सचेन्ज’ सुरु

१० लाख रुपैयाँसम्म नगद पुरस्कार जित्ने अवसर, पुरानो मोटरसाइकल तथा स्कुटर साटेर नयाँ हिरो खरिद गर्न सकिने

हिरो मोटरसाइकल तथा स्कुटरका ग्राहकलाई लक्षित गर्दै एनएचआर मोटोकर्प प्रालिले वीरगञ्ज र जीतपुरमा दुई नयाँ शोरुम सञ्चालनमा ल्याएको छ। दुवै स्थानमा स्थापना गरिएका शोरुमको शुक्रबार भव्य समारोहबीच उद्घाटन गरिएको हो।

वीरगञ्जमा बीवाईडी शोरुम नजिकै तथा जीतपुरमा मुख्य सडकमा रहेका नवनिर्मित शोरुमको उद्घाटन समारोहमा ग्राहक, व्यवसायी, शुभेच्छुक तथा स्थानीय व्यक्तिहरूको उल्लेख्य उपस्थिति रहेको थियो। शोरुम सञ्चालनमा आएसँगै हिरोका विभिन्न मोडलका मोटरसाइकल तथा स्कुटरको बिक्री, सर्भिसिङ र स्पेयर पार्ट्ससम्बन्धी सेवा सुरु गरिएको कम्पनीले जनाएको छ।

उद्घाटन समारोहमा शोरुमका सहसञ्चालक तथा वरिष्ठ समाजसेवी नीरज कुमार सर्राफले उपलब्ध सेवा तथा सुविधाबारे जानकारी गराउँदै ग्राहकलाई एउटै स्थानबाट सवारीसाधन खरिददेखि मर्मतसम्भार र आवश्यक पार्टपुर्जासम्मको सुविधा उपलब्ध गराउने उद्देश्यले शोरुम सञ्चालनमा ल्याइएको बताए।

उनका अनुसार ग्राहकले आफूलाई आवश्यक पर्ने हिरोका विभिन्न मोडलका मोटरसाइकल तथा स्कुटर छनोट गरी खरिद गर्न सक्नेछन्। साथै, नियमित सर्भिसिङ, प्राविधिक सेवा तथा आवश्यक स्पेयर पार्ट्स पनि सहज रूपमा उपलब्ध हुनेछन्।

वीरगञ्ज र जीतपुर क्षेत्रमा बिक्री, सर्भिसिङ तथा स्पेयर पार्ट्ससहितका सम्पूर्ण सुविधा एउटै छानामुनि उपलब्ध गराउने उद्देश्यले शोरुम सञ्चालनमा ल्याइएको सर्राफले बताए। उनले हिरोका पुराना तथा नयाँ ग्राहकलाई शोरुममा आएर उपलब्ध सेवा तथा सुविधाको लाभ लिन आग्रहसमेत गरे।

हिरो मोटोकर्प विश्वकै चर्चित दुई पाङ्ग्रे सवारीसाधन उत्पादक कम्पनीमध्ये एक हो। नेपाली बजारमा समेत लोकप्रिय रहेको हिरोका विभिन्न मोडलका मोटरसाइकल तथा स्कुटर अब वीरगञ्ज, जीतपुर र आसपासका क्षेत्रका ग्राहकले स्थानीय स्तरमै खरिद तथा मर्मतसम्भार गर्न सक्ने अपेक्षा गरिएको छ।

यसैबीच, दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै एनएचआर मोटोकर्पले वीरगञ्जमा भोलि अर्थात् कार्तिक १४ गतेदेखि विशेष ‘हिरो मेगा एक्सचेन्ज’ अफर सञ्चालन गर्ने भएको छ।

वीरगञ्जको आदर्शनगरस्थित अनमोल स्वीट्स नजिक आयोजना हुने उक्त अफर कार्तिक २१ गतेसम्म सञ्चालन हुनेछ। योजनाअन्तर्गत ग्राहकले पुराना मोटरसाइकल तथा स्कुटर साटेर नयाँ हिरोका मोटरसाइकल तथा स्कुटर खरिद गर्न सक्नेछन्।

कम्पनीका अनुसार अफरको मुख्य आकर्षणका रूपमा डिजिटल स्क्र्याचमार्फत १० लाख रुपैयाँसम्म तत्काल नगद पुरस्कार जित्ने अवसर राखिएको छ। त्यस्तै, ग्राहकले १०० प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन्। अफर अवधिमा सोधपुछका लागि दर्ता गराउने ग्राहकलाई निःशुल्क इयरबडसमेत उपलब्ध गराइने कम्पनीले जनाएको छ।

नयाँ मोटरसाइकल तथा स्कुटर खरिद गर्न चाहने ग्राहकका लागि मासिक ३ हजार ९९९ रुपैयाँदेखि किस्ता तिर्न सकिने विशेष ईएमआई सुविधा पनि ल्याइएको छ। यसका साथै नयाँ सवारीसाधन खरिद गर्ने ग्राहकले निःशुल्क हेलमेटसमेत प्राप्त गर्नेछन्।

अफरमा हिरोका विभिन्न श्रेणीका मोटरसाइकल तथा स्कुटर समावेश गरिएकाले ग्राहकले आफ्नो आवश्यकता र बजेटअनुसार उपयुक्त मोडल छनोट गर्न सक्नेछन्। पुरानो सवारीसाधनको मूल्याङ्कन, नयाँ सवारीसाधनको मूल्य तथा अन्य सुविधाबारे कार्यक्रमस्थलमै जानकारी उपलब्ध गराइने कम्पनीले जनाएको छ।

नयाँ शोरुम सञ्चालन र विशेष एक्सचेन्ज अफरले वीरगञ्ज, जीतपुर तथा आसपासका क्षेत्रका ग्राहकलाई हिरोका सवारीसाधन खरिद गर्न थप सहज बनाउने विश्वास एनएचआर मोटोकर्प प्रालिले लिएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close