
अजित भुजेल
बिरगंज , मंसिर १० गते बुधबार ।
भारतको बैङ्ग्लोरको उत्पादित अगरवत्ती भनेर लोकल अगरवत्ति प्याक गरि बिक्री गर्दै आईरहेको एक फर्मलाई कार्वाही गरेको छ ।
बिरगंज महानगर पालिका वडा न.१९ हाल वडा न.१६ बाईपास बैणव मन्दिर स्थित निरज कुमार गुप्ताको नाममा रहेको जय अम्बे ट्रेड एन्ड जेनरल अर्डर सप्लायर्सले बैङ्ग्लोरको निल पर्फ्युमरी वर्क्सको विभिन्न ब्रान्डको केवडा , चम्पा र रजनीगन्धा अगरवत्तीको खोल ( रयापर) मा लोकल अगरवत्ती प्याक गरि बिक्री गर्दै आईरहेको थियो ।उपभोक्ता हित संरक्षण मञ्चको विशेष उजुरीको आधारमा सो फर्ममा आज अनुगमन गर्दा बेङ्ग्लोरका विभिन्न ब्रान्डका अगरवत्तीको खाली खोल १०० थान समेत सो स्थानबाट पक्राउ परेको थियो ।
यस फर्मले उपभोक्ता संरक्षण एेन २०७५ को दफा ३८ को खन्ड “ङ ” बमोजिम साबीक गुणस्तर , मुल्य ढाटि , झुक्याई बिक्री गरेको कसुर गरेकोले सोही एेन २०७५ को दफा ३९ को खन्ड “घ” बमोजिम रु. २,५१,०००/- ( रु. दुई लाख एकाउन्न हजार ) तत्काल जरिवाना गरेको थियो ।
जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत बिनय कुमार श्रीवास्तवको नेतुत्वमा गएको टोलिमा नायब सुब्बा नारायण प्रसाद आचार्य , बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साका नायब सुब्बा दिलिप खङ्ग , घरेलु तथा साना उद्योग कार्यालय पर्साका नायब सुब्बा अशोक पान्डे , उपभोक्ता हित संरक्षण मञ्च प्रदेश न.२ का अध्यक्ष केसि लामिछाने , बिरगंज महानगर अध्यक्ष अजित कुमार भुजेल , कोषाध्यक्ष संतोषमान रन्जितकार , जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी सहायक निरीक्षक पुष्कर भन्डारी सहितको टोलिको सहभागीता रहेको थियो ।




