वीरगञ्ज । कर्णाली प्रदेशमा जारी १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा मधेश प्रदेशले पहिलो पदक जित्न सफल भएको छ। शारीरिक सुगठन प्रतियोगिताअन्तर्गत मधेशका खेलाडी हरिनारायण साहले कांस्य पदक जित्दै प्रदेशको पदक खाता खोलेका हुन्।
मेन्स क्लासिकल ओपन विधामा प्रतिस्पर्धा गरेका साहले उत्कृष्ट शारीरिक बनावट, अनुशासन र प्रस्तुतिका आधारमा तेस्रो स्थान हासिल गर्दै कांस्य पदक आफ्नो नाममा पारेका हुन्।
साहको यो सफलतासँगै १०औँ राष्ट्रिय खेलकुदमा मधेश प्रदेशले पदकको यात्रा सुरु गरेको छ। प्रतियोगितामा प्रदेशका लागि पहिलो पदक जित्नुले मधेशको खेलकुद क्षेत्रमा नयाँ उत्साह थपेको छ।
सीमित स्रोतसाधन र चुनौतीका बीच पनि साहले हासिल गरेको यो उपलब्धि मधेश प्रदेशका लागि गौरवको विषय बनेको छ। उनको सफलताले प्रदेशका अन्य खेलाडीलाई समेत थप हौसला प्रदान गर्ने अपेक्षा गरिएको छ।
प्रतियोगिताका बाँकी विधामा पनि मधेशका खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै थप पदक जित्ने आशा गरिएको छ।
**वीरगञ्ज ।** कर्णाली प्रदेशमा जारी १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा मधेश प्रदेशले पहिलो पदक जित्न सफल भएको छ। शारीरिक सुगठन प्रतियोगिताअन्तर्गत मधेशका खेलाडी हरिनारायण साहले कांस्य पदक जित्दै प्रदेशको पदक खाता खोलेका हुन्।