
बिरगंज – लकडाउनमा वीरगंजको बसपार्कस्थित केही दिनदेखी भोकभोकै बस्दै रहेका करिब ७० देखि ८० जनालाई खाना खुवाईएको छ ।
पुर्नस्थापना केन्द्रहरुको राष्ट्रिय महासंघ रिकभरिङ नेपालका प्रदेश २ संयोजक तथा राईनजिङ नेपालका अध्यक्ष मन्टु गिरि ज्यु ले जानकारी गराउनु भयो।
नगरमा संचालित पुर्नस्थापना केन्द्रहरु राइजिङ नेपाल, निता फाउन्डेसन, बिस्वास, आस्था नेपाल, मुक्ति ब्लक बि र माया नेपालको सक्रिय सहभागीता र सहयोगमा ‘‘मानवताको लागि भोजन खुवाउने’’ अभियान संचालन गरि आज एक सप्ताह हुदा सम्म करिब ७० देखि ८० जना गरिब तथा विपन्न व्यक्तिलाई दैनिक बिहान र बेलुकाको खाना खुवाईको छ ।
विश्व महामारीको रुप लिएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न सरकारले जारी गरेको लकडाउन दैनिक ज्यादारी गरी खाने गरिब तथा विपन्नहरुलाई खानाको समस्या भईरहेको बेला यी विभिन्न संस्थाका सहयोगी युवाहरुले आजदेखी निःशुल्क खाना खुवाउने कार्य शुरु गरेका छन् ।
लकडाउनले बसपार्कस्थित अलपत्र केही विदेशी तथा स्थानीय गरिब परिवारहरुलाई केही दिन अगाडी वीरगंज महानगरपालिका लगायत अन्य युवाहरुले खाना खुवाए पनि अहिले उनीहरु भोकभोकै बस्ने गुनासो आएपछि पर्सामा कार्यरत यी संस्थाका विभिन्न युवाहरु आवश्यक व्यवस्थापन गरीे जिम्मेवारी सहित उनीहरुलाई बिहान बेलुका खाना र दिउँसो खाजाँ खुवाउने काममा जुटेका छन् ।
लकडाउन प्रभावितलाई आफ्रूहरुले भ्याएसम्म र सहयोगि हातहरुले सहयोग गरि रहे सम्म निरन्तर रुपमा दिनहुँ खाना खुवाउने व्यावस्था गरेको अध्यक्ष गिरीले बताए ।




