रुकुममा वडा अध्यक्षले नै गरे प्रहरी पोष्टमा आ क्रमण

रुकुममा वडा अध्यक्षले नै गरे प्रहरी पोष्टमा आक्रमण

रुकुम ।  रुकुम पश्चिममा एक वडा अध्यक्ष नै प्रहरी पोष्टमा आ क्रमण गर्न पुगेका छन् । वडाध्यक्षको नेतृत्वमा मंगलबार बेलुका प्रहरी पोष्टमा आ क्रमण भएको छ । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर १३ का वडाअध्यक्ष दिपक केसी लगायतको समूहले प्रहरी पोष्टमा आ क्रमण गरेका हुन् । उनीहरु मंगलबार बेलुका ९ बजे वडानम्बर १४ को छिवाङ्ग ज्युलामा रहेको अस्थायी प्रहरी पोष्टमा आ क्रमण गर्न पुगेका थिए । वडाध्यक्ष सहितको आ क्रमणवाट प्रहरी पोष्टमा क्षती पुगेको छ ।

आफ्नो नेतृत्वमा करिब २५ जना युवाहरु लिएर उनी प्रहरी पोष्ट पुगेको प्रहरीले जनाएको छ । र क्सी खाएर प्रहरी पोष्ट पुगेका उनी घटना पछि अहिले फरार छन् । अध्यक्ष केसीको टोलीले प्रहरीको इन्ट्रिपोस्ट, प्रहरी र प्रहरी भाडामा बसेको घरमा पनि आक्रमण गरेका थिए । पोष्टमा एक्कासी आ क्रमण गरेका उनीहरुले प्रहरी इन्चार्जको पे स्तोल खोसेर पछि फेरि फिर्ता गरेर भागेको प्रहरीले जनाएको छ । प्रत्यक्षदर्शीका अनुसार प्रहरीकोे ह तियार खोसेर भाग्न खोजेको बेला प्रहरीले बल प्रयोग गरी हतियार फिर्ता लिएका हुन् ।

प्रहरी सहायक निरीक्षक (असई) को नेतृत्वमा ६ जना प्रहरी रहेको उक्त पोष्टमा घटना हुँदा केही प्रहरी फिल्डमा थिए । उनीहरुले प्रहरी इन्ट्री पोस्ट भत्काउनुका साथै इन्चार्जको बर्दिसमेत च्यातेका छन् । प्रहरी पोष्टमा ड्युटीमा रहेका दुई प्रहरी माथि पनि आ क्रमण गरेका छन् । दिनभर क्वरेन्टीन व्यबस्थापनको कामबाट फर्किएका प्रहरी माथि वडाध्यक्षको समुहले आ क्रमण गरेका हुन् ।

ड्युटीवाट थाकेर खाना खान लागेका प्रहरी माथि एक्कासी आ क्रमण भएको थियो । प्रहरी सहायक निरीक्षक धनबहादुर साउँदका अनुसार ड्युटीमा बसेको प्रहरीलाई अध्यक्षले लात्ती हानेका र उनका छोरा लगायतले हा तमा च क्कु समातेका थिए ।

अध्यक्ष केसीलाई बिहान हेलमेट बिनै मोटरसाइकल चलाएको बेला ट्राफिक नियम उल्लंघन नगर्न ड्युटीमा रहेको प्रहरीले अनुरोध गर्दा ‘तँ हवल्दार चुप लाग, तँलाई देखाइदिन्छु पख’ भन्दै ध म्की दिएका थिए । त्यसैको रिस फेर्न राती प्रहरी पोष्टमा आक्रमण गरेको हुनसक्ने बताएका छन् । वडाध्यक्ष केसी तत्कालीन माओवादी पार्टीबाट निर्वाचित भएका हुन् ।tajakhabar

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close