
बिरगंज बजार २३ गते शुक्रबार देखी खुल्ने भएको छ । शुक्रबार देखी लागु हुने गरि जोर- बिजोरको आधारमा बिरगंजको पसल खुल्ने जिल्ला प्रशासन कार्यालय पर्साल्ले जनाएको छ
(१) औसधि पसल २४ घन्टा खुल्ला ।
(२) बैंक तथा बितिय सस्था नियमित रुपमा
(३) अति आवस्यक वस्तुहरु ( खाद्य , किराना, आलु , प्याज , पानी , दुध , ग्यास) आदि बिक्री – हरेक दिन बिहान ५ बजेदेखि ९ बजे सम्म ।
(४) तरकारी तथा फलफुल सटरमा खरिद वा मोबाइलमा- बिहान ५ देखी ९ बजेसम्म
(५) रेडिमेट कपडा , कस्टेमेटीक , ईलेक्टिकलस , ईलेक्त्रोनिक्स आदि पसलहरु- जोर गते यानी २-४-६-८-१० गते – बिहान ११ बजेदेखि ४ बजेसम्म
(६) हार्ड्वेयर , साईकल , मोटर तथा मोटर पार्टस , अटोवर्कस , भाडावर्तन , सुनचादी , फर्निचर तथा अन्य पसल बिजोर गते जस्तै १-३-५-७-९-११ गते – बिहान ११ बजेदेखि ४ बजेसम्म ।
माछा, कुखुरा तथा सोकि दाना , पशुआहार , खाद्य , किराना , कृषि उपकरण , मल , बिउ बिजन , सिमेन्ट , डन्डी , जस्तापाता , बिटुमिन तेल, क्लिनकर , निर्माण सामाग्रीहरु लगायत अन्य बस्तुहरु- हरेक दिन साझ ७ बजे पछी ।
(७) सिनेमा हल, जिम खाना , सैलुन , मठ मन्दिर , मस्जिद , गुम्बा अन्य मानिसको भिड भाड हुने स्थान- पुर्ण रुपमा बन्द ।
सार्वजनिक बस , रिक्सा , टेम्पू , मोटरसाइकल लगायत पास नभएका सम्पुर्ण सवारी – पुर्ण रुपमा बन्देज रहेको छ ।




