नेविसंघ पर्साले पठायो प्रधानमन्त्रीलाई उपहार : अदुवा, लसुन, बेसार कोरोनाको उपचार !

वीरगञ्ज : कोरोनाभाइरसको रोकथाम तथा नियन्त्रणमा प्रभावकारी काम गर्न नसकेको भन्दै तीनै तहको सरकारको विरुद्धमा उत्रिएको नेविसंघ पर्साले शुक्रबार सांकेतिक विरोध गरेको छ ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोभाइरसबाट बच्नका लागि अदुवा, बेसार, लसुन जस्ता वस्तुहरुको नियमित सेवन गर्नुपर्ने बताएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेविसंघ ईकाई कमिटी पर्साले सोही वस्तुहरु उपहार स्वरुप पठाएको छ ।

लकडाउन र कोरोना महामारीका कारण सर्वसाधारण त्रसित भइरहेका बेला अदुवा, बेसार, लसुन खाएर इम्युनिटी पावर (रोग प्रतिरोधात्मक क्षमता) उच्च राख्न प्रेरित गरेका प्रधानमन्त्रीको सुस्वास्थ्यको कामना गर्दै सोही वस्तुहरु उपहार स्वरुप पठाएको इकाइ कमिटीले जनाएको हो ।

नेविसंघ ठाराब ईकाइ समितीका अध्यक्ष मनोज कुमार साहको नेतृत्वमा रहेको नेविसंघको टोलिले पर्साका प्रमुख जिल्ला अधिकारी विष्णु कुमारी कार्की मार्फत प्रधानमन्त्रीलाइ उपहार बुझाएका हुन् ।

बिहीबार राष्ट्रिय सभामा बोल्दै प्रधानमन्त्री ओलीले कोरोनाले छोयो भन्नेबित्तिकै मर्छु भन्ने सोचियो भने बाँच्न गाह्रो हुने भनेका थिए ।

‘कोरोनाले छोयो भन्नेबित्तिकै मर्छु अब। अब गएँ म, भन्ठान्यो भनेदेखि त बाँच्न गाह्रो हुन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘कोरोना भनेको रूघाखोकीजस्तै हो। लागिहाल्यो भने हाच्छ्युँसाच्छ्युँ गर्नुपर्छ। तातोपानी खानुपर्छ, उडाइदिनुपर्छ।’

नेविसंघ पर्साले यसअघि पनि तीनै तहको सरकारको अर्कमण्यताको विरोध गर्दै आएको छ ।Nepalpostdaily

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close