
क्षेत्र नं २ मा नेटवर्कको धेरै समस्या भएकोले सांसद साहले ७ बुँदे माग सहित निर्देशनालय पुगे, अब छिटै समस्य समाधान हुने ।
रौतहट जिल्लाको निर्वाचन क्षेत्र नं २ का सांसद किरण साहले नेपाल टेलिकम मधेश प्रदेश प्रादेशिक निर्देशनालय बिरगंजका निर्देशक अनन्त प्रसाद मल्लिकसँग कार्यालयमा पुगेर आफ्नो संसदीय क्षेत्र अन्तर्गत संचार सेवा अझै गाउँ, टोल र बजार तिर प्रभावकारी राम्रोसँग नेटवर्क मोबाइलमा नटिपेको हुनाले यस समस्यालाई समाधान गरि क्षेत्रबासीलाई नेपाल टेलिकमले छिटो, छरितो, गुणस्तरीय सेवा प्रदान गराउने उदेश्यका साथ FTTH , 4G नेटवर्क सुधार, नयाँ BTS थप लगायत तल उल्लेखित ७ ओटा बुन्दामा माग माथि छलफलगर्नुभएको छ ।
सांसद साहले तुरुन्त अगाडि बढाउने योजनाहरु यसप्रकार राखेका छन् ।
१. रौतहटको क्षेत्र नं २ अन्तर्गतको विभिन्न नगरपालिकाको वडा, टोल र गाउँमा नेपाल टेलिकमको सबै खाले सेवाहरु गुणस्तरीय नभएकोले गुणस्तरीय सेवा उपलब्ध गराउने स्थान व्यवस्थापन मिलाउन देखिएको स्थानहरू जस्तै बनजरहा, घिउरा, लतमरी, मोतिपुर नरकटिया, रामपुर खाप, करुनिया, बंकुल, सरमुजवा रहेको उल्लेखित रहेको छ ।
२. राजपुर नपा अन्तर्गतमा रहेको नेपाल टेलिकमको जग्गालाई आफ्नो स्वामित्व तथा सुरक्षितको लागि घेराबेरा कम्पाउण्ड बाल गराउनुको साथै नगरपालिका भित्रमा FTTH Network को तुरुन्त सुचारू ।
३. ईशनान, राजपुर र बौधिमाई नगरपालिकाका औरैया, राजपुर, सरमुजवा लागायतमा जनसंख्याले मोबाइल प्रयोग कर्ताको चाप बढी रहेको हुनाले पालिका भित्र बढी जनघन्त्व रहेकोले FTTH को Network को सर्वेक्षण गराई यथासिघ्र High Speed को Internet को व्यवस्था मिलाउन पहल ।
४. राजपुरमा जडान रहेको BTS Towar को Hight सानो भएको कारण गाउँभरि Network नसमात्ने भएको हुदा Towar को Hight बढाई सेवाग्राहिलाई सेवा प्रादान गर्नु पर्ने।
५. 4G Network विभिन्न पालिकामा भएपनि जस्तै राजपुर नगरपालिकामा भए तापनी नसमात्ने भएकोले 4G Network यथा सिघ्र सुचारु गराउनु पर्ने ।
६. रौतहट जिल्ला भरि Network सुधारको लागि थप Bts/Towar/Network को व्यवस्थापन मिलाउनु पर्ने।
७. गरुडामा नेपाल टेलिकमको आफ्नै भवनको लागि जग्गा खरिद गर्ने तथा FTTH Network तुरुन्त संचालनमा ल्याउन ब्यवस्था मिलाउनु पर्ने ।
नेपाल दुरसञ्चार राष्ट्रिय कर्मचारी संगठन NTEAN मधेश प्रदेश प्रादेशिक समिति बिरगंजका अध्यक्ष नेपाल दुरसंचारको कार्यलयमा सांसद साह आएको थाहा पाउने बितिकै छोटो समयमा पनि नेपाल दुरसञ्चार राष्ट्रिय कर्मचारी संगठन NTEAN मधेश प्रदेश प्रादेशिक समिति बिरगंजका अध्यक्ष द्वारा संगठनका अध्यक्ष प्रदिपराज पाण्डेको अध्यक्षतामा स्वागत समेत गरि यस्तो स्थानीय समस्या अहिलेसम्म कोही लिएर नआएको कारण उत्तातिर कार्यालयको ध्यानाकर्षण नभएको थियो तर अब छिटोभन्दा छिटो सेवाग्राहीलाई सुविधा सम्पन्न सेवा प्रभाव गरिने निर्देशनालय प्रमुख मल्लिकले बताए ।




