व्यवस्थित लगानी योजनाहरूमा जागरूकता

व्यवस्थित लगानी योजनाहरूमा जागरूकता

राहुल गुप्ता
आफ्नो भोलि सुरक्षित गर्नुहोस मुल नाराका साथ व्यवस्थित लगानी योजनाहरूमा जागरूकता वीरगंज लेडीज सर्कल-३ को उदार सहयोगमा अभियान अगाडि बढाएको छ।

NYEF वीरगंज च्याप्टर र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले संयुक्त रूपमा आयोजना गरेको सिस्टेम्याटिक इन्भेष्टमेन्ट प्लानमा अन्तरदृष्टिपुर्ण सिकाइमा सहभागीहरु उत्साहित भएका थियो। लार्ड्स दियालोमा आयोजना गरेको गतिशील वित्तीय संसारमा, तपाईंको वित्तीय भविष्य सुरक्षित गर्नको लागि लगानी विकल्पहरू बुझ्न सम्बन्धि राम्रोसँग संरचित लगानी योजनाले तपाईंलाई दीर्घकालीन सम्पत्ति र स्थिरता हासिल गर्न मद्दत गर्न सक्छ भन्ने बारे मूल्यवान अन्तरदृष्टिको बारेमा चर्चा गरिएको थिए।

वित्तीय ज्ञान बढाउन र सदस्यहरूसँग जोडिने यो अवसरलाई नबिर्सन सहभागिताको लागि तत्पर छौं! पंकज अग्रवाल अध्यक्ष  NYEF वीरगन्ज च्याप्टर द्वारा गरिएको थियो।

उक्त कार्यक्रममा वीरगंज लेडीज सर्कल-३ का चेयर पर्सन खुसबु सिंहघानिया,NYEF वीरगन्जका पंकज अग्रवाल,नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडका मैनेजर कृषण,नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडका दिपक ,सागर लगायत ८० जनाको सहभागिता रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close