लायन्स क्लब द्वारा ट्राफिक प्रहरी लाई टेलिभिजन हस्तान्तरण

लाइन्स क्लब बिरगंज नर्थ ले आज एक कार्यक्रम बिच जिल्ला ट्राफिक कार्यलय पर्सा ब्यारेक को लागि ३२ इन्च को एल इ डि टिवि सहयोग सहित प्रभु सेट अप बक्स र एक वर्ष को लाइन जडान गरेको छ।सधै धुवा धुलो घाम पानी मा अहोरात्र समाज को ब्यवस्थापनमा खटिने ट्राफिक प्रहरी लाइ साझ मानसिक तनाव काम होस भनी उदेश्य ले यस्ता सहयोग गरेको संस्था अध्यक्ष सन्जय अग्रवाल ले बताएका छ्न।

त्यस्तै सहयोग ग्रहण गर्दै ट्राफिक प्रहरी पर्सा प्रमुख कमल राज पन्डित ले यस सहयोग ले समाजमा गरेको कामलाइ सामाज पनि मुल्यांकन गर्दा थप काम गर्ने उर्जा बढ्ने विचार ब्यक्त गरे।

उक्त कार्यक्रम मा संस्था का अध्यक्ष सन्जय अग्रवाल,सचिव अजित गोयल,कोसाध्यक्ष अनुप सरावगी,पुर्व अध्यक्ष अनुज रुङ्टा लागायत को उपस्थिति रहेको थियो।यस लायन्स नार्थ ले अगामी दिन मा शुद्ध पानी जडान सहित अन्य सामजिक कार्य गर्ने योजना रहेको संस्था का उपाध्यक्ष गोविन्द साह ले बताए।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close